ट्राफिक प्रहरीद्वारा चोरी भएका दुईपाङ्ग्रे सवारी सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका दुईपाङ्ग्रे सवारी खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न समयमा चोरी भएका २१ वटा सवारीसाधन खोजी गरी प्रहरीले बिहीबार हस्तान्तरण गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार एक कार्यक्रमको आयोजना गरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले धनीलाई सवारीसाधन हस्तान्तरण गरेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७९।०८० को साउन महिना र भदौ महिनाको मध्यसम्ममा दुईपाङ्गे्र सवारीसाधन हराएको दुई सय २१ वटा निवेदन प्राप्त भएको उनले बताए ।
प्राप्त निवेदनको आधारमा चोरी भएका सवारीसाधन खोजी गर्दा साउन र भदौ महिनाको मध्यसम्म एक सय एउटा सवारीसाधन फेला परेको उनले जानकारी दिए । फेला परेकामध्ये साउनमा ७३ वटा र भदौको मध्यसम्म १० वटा सवारीसाधन धनीलाई जिम्मा लगाइसकिएको उनले बताए । बिहीबार २१ वटा सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेसँगै यसै आर्थिक वर्षको फेला परेका सबै सवारीसाधनलाई धनीको जिम्मा लगाइएको उनको भनाइ छ ।
यस्तै चालू आवमा चोरीका आठवटा दुईपाङ्ग्रे सवारीसाधनसहित नौजना मानिसलाई भने आवश्यक कारबाहीको लागि परिसर तथा वृत्तमा पठाइएको उनले बताए । फेला परेकामध्ये धनी सम्पर्कमा नआएका तीनवटा सवारीसाधन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमै रहेकाले दुईपाङ्ग्रे सवारीसाधन हराएको निवेदन दिएका धनीलाई सम्पर्कमा आउन समेत उनले आग्रह गरे ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया