एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान
दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाले २०७८ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ । पालिकाले ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर बिहीबार ३३ जना विद्यार्थीलाई सम्मान गरेको हो ।
पालिकाले जिल्ला प्रथम हुने आदेश दाहाललाई ५० हजार रूपैयाँसहित सम्मान गरेको छ । दाहालले एसईई परीक्षामा हनुमन्तेश्वर माध्यमिक विद्यालयबाट ३ दशमलव ८ जीपीए ल्याई जिल्लाप्रथम भएका थिए । दाहालसँगै सोही विद्यालयमा अध्ययन गरेर छात्रातर्फ ३ दशमलव ७५ जीपीए ल्याउन सफल पूर्णिमा मिजारलाई पनि गाउँपालिले ५० हजार नगदसहित सम्मान गरेको छ । यस्तै पालिकाले हनुमन्तेश्वर माध्यमिक विद्यालयलाई पनि ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ ।
यसैगरी पालिकाले ३ दशमलव ६ जीपीए ल्याउने हनुमन्तेश्वर माविका पाँच जना विद्यार्थीलाई प्रतिव्यक्ति २० हजार, ३ दशमलव २ भन्दा माथिको जीपीए ल्याउने हनुमन्तेश्वर माविका १८ जना, क्षत्रवती मावि ३, बैतेश्वर मावि, कालिढुङ्गा मावि र निजी विद्यालयका एक/एक जना विद्यार्थीलाई प्रतिव्यक्ति १० हजार रूपैयाँसहित प्रमाणपत्र वितरण गरिएको थियो । उनीहरू सबैलाई गाउँपालिका अध्यक्ष छवि लामाले सम्मान गरेका हुन् । गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीको क्षमता वृद्धि गर्ने उद्देश्यले विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्ने नीति लिएको बैतेश्वर गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र चौलागाईंले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया