Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘आईएनजी फुटसल टोर्नामेन्ट २०७९’ सम्पन्न

‘आईएनजी फुटसल टोर्नामेन्ट २०७९’ सम्पन्न


काठमाडौं । आईएनजी ग्रुपको आयोजनामा ‘पहिलो आईएनजी फुटसल टोर्नामेन्ट २०७९’ सम्पन्न भएको छ । उक्त टोर्नामेन्टमा आईएनजी ग्रुपअन्तर्गत रहेको विभिन्न ७ वटा कम्पनीबाट ४१ वटा टोलीको सहभागिता थियो ।

प्रतियोगितामा सहभागी कुल ४१ टोलीमध्ये ३१ पुरुष टोली र बाँकी १० महिला टोली थिए । आईएनजी फुटसल प्रतियोगिता–२०७९ को ग्रान्ड फिनाले महाराजगञ्जस्थित डुकु फुटसल हबमा सम्पन्न गरिएको हो । प्रतियोगिताको फाइनलमा पुरुष टोलीमा हेराल्ड कलेजको ‘टिम हेराल्ड’ र आईएनजी स्किलको ‘टिम स्किल’बीच प्रतिस्पर्धा थियो । मंगलबार भएको फाइनलमा हेराल्ड कलेजले आईएनजी स्किललाई पराजित गर्दै उपाधि हात पारेको छ ।

त्यस्तै, महिला टोलीतर्फ इस्लिङ्टन कलेजबाट ‘देवीको टिम’ र आईएनजी स्किलबाट ‘स्किल महिला टिम’ फाइनलमा खेलेका थिए । खेलमा इस्लिङ्टन कलेजले आईएनजी स्किललाई पराजित गर्दै उपाधि हात पारेको हो । आईएनजी ग्रुपले विजेता टोली हेराल्ड कलेज र इस्लिङ्टन कलेजलाई सम्मान पत्र, पदक र ट्रफीसँगै एक–एक लाख नगद पुरस्कार हस्तान्तरण गरेको छ । आईएनजी फुटसल टोर्नामेन्टको व्यवस्थापन आईएनजी मानव संसाधन विभागले लिएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया