प्रतिष्ठानको फार्मेसी औपचारिक रुपमा शुभारम्भ
काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै फार्मेसी सञ्चालमा ल्याएको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीतिअनुरुप स्वास्थ्य सेवामा सर्वसाधारणको प्रभावकारी रुपमा पहुँच सुनिश्चित गर्नका लागि प्रतिष्ठान आफैँले फार्मेसी स्थापना गरी पूर्ण रुपमा सञ्चालनमा ल्याएको हो ।
फार्मेसीको बिहीबार एक समारोहबीच प्रतिष्ठानका उपकूलपति डा. ज्ञानेन्द्र गिरीले औपचारिक रुपमा उद्घाटन गरेका हुन् । आफ्नै फार्मेसीमार्फत सेवाग्राहीहरुलाई शुलभ एवम् गुणस्तरीय सेवा पु-याउने हेतुले सञ्चालित फामेर्सीले सर्वसाधारणलाई गुणस्तरीय औषधि सर्वसुलभ रुपमा उपलब्ध गराउने उपकुलपति गिरीले बताए ।
अस्पताल हाताभित्रैबाट औषधिहरु उपलब्ध हुँदा बिरामीहरुलाई रातविरात अन्यत्र जानुपर्ने समस्याबाट राहत भएको उनको भनाइ थियो । औषधि र औषधिजन्य सामग्रीहरुको उपलब्धतालाई सहज, व्यवस्थित एवम् प्रभावकारी बनाई भर्ना भएका बिरामीहरुलाई अन्यत्र कतै औषधि खरिद गर्न जानु नपर्ने गरी प्रतिष्ठानको फार्मेसीबाट बेडमा नै औषधि पु-याउने सेवा सञ्चालन गर्ने तयारी थालिएको अस्पताल निर्देशक एवम् फार्मेसी सञ्चालन तथा व्यवस्थापनका संयोजक डा.जगत नारायण प्रसादले जानकारी दिए । कार्यक्रममा प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा गुरु प्रसाद खनाल, रजिष्टार प्राडा सूर्य प्रसाद संग्रौला, अस्पताल निर्देशक डा.जगत नारायण प्रसाद, विभिन्न विभाग, महाशाखा, शाखाका प्रमुखहरु लगायत शिक्षक, कर्मचारीहरुको उपस्थिति थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- भारतको आर्थिक वृद्धि छ प्रतिशत बढी हुने प्रक्षेपण
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया