Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालराष्ट्रिय व्यावसायिक पहलको अध्यक्षमा जोशी

राष्ट्रिय व्यावसायिक पहलको अध्यक्षमा जोशी


काठमाडौं । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)को अध्यक्षमा पुनः कुशकुमार जोशी निर्वाचित भएका छन् । गत आइतबार मकवानपुरको हेटौंडामा सम्पन्न भएको पहलको सोह्रौँ वार्षिक साधारणसभाले जोशीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शुकुन्तलाल हिराचन, महासचिवमा सुरेन्द्रवीर मालाकार, कोषाध्यक्षमा दिपक मलहोत्रा, सचिवमा सरोज प्रसाद पाण्डे र सुरेश प्रधान तथा सह–कोषाध्यक्षमा विनायक शाह चयन भएका छन् । यसैगरी सदस्यहरुमा उमेशलाल श्रेष्ठ, लता प्याकुरेल, शिव प्रसाद घिमिरे, अशोक वैद्य, राजेश खड्का, रविन्द्रमान सिंह प्रधान, अरनिको राजभण्डारी, मुकेश कुमार भट्टराई, रमेश शर्मा, राजेश बाबु श्रेष्ठ, डा. वविन पोखरेल खेम लकाई, होमनाथ उपाध्याय, सनम शाक्य निर्वाचित भए । यस्तै सुधिर मित्तल र डा. राजेन्द्र घिसिङलाई सदस्यमा मनोनित गरिएको छ भने संस्थागत पदेन सदस्यमा नानीराज घिमिरे छन् ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष जोशीले कोभिड १९ लगायतका विभिन्न जटिल परिस्थितिसँग जुझ्दै भए पनि संस्थाले व्यावसायिक वातावरणमा देखिएका समस्या, जिम्मेवार व्यावसायिक अभ्यासको प्रवद्र्धन, विपद् जोखिम न्यूनीकरणमा निजी क्षेत्रको संलग्नता र सक्रियताकालाई अझ मजबूत बनाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूसँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताए । हरेक दुई वर्षमा गरिँदै आएको जिम्मेवार व्यवसाय सम्मेलनलाई गत वर्ष आयोजना गर्न नसकिएको भन्दै उनले आगामी वर्ष प्राथमिकता साथ आयोजना गर्ने बताए । साथै विपद् जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय संस्था एसिया प्यासिफिक एलायन्स डिजास्टर मेनेजमेन्टसँगको सहकार्यलाई आगामी ३ वर्षको लागि निरन्तरता दिई विपद्को पूर्वतयारी तथा जोखिम न्यूनीकरणका कार्यक्रमहरु आयोजना गरिने जानकारी दिए । यस्तै सभाले महासचिवले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रिय व्यावसायिक पहलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी महासंघ नेपाल लगायतका प्रतिष्ठित संघसंस्थाहरू आबद्ध छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया