Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालचोरीको मोटरसाइकलसहित एक जना पक्राउ

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ


काठमाडौं । ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका ३ घर भई हाल काठमाडौंको टोखा बस्दै आएका १९ वर्षीय विजय तामाङ रहेका छन् ।

उनलाई प्रहरीले काठमाडौं महानगरपालिका २६ शिव मन्दिर नजिकैबाट पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो । वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२–०२८ प ७७ ८५ लाई परिवर्तन गरी बा ९० प ९० ९२ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकलसहित तामाङलाई ट्राफिक प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

उक्त एनएस २०० सीसीको पल्सर मोटरसाइकल उदयपुरको त्रियुगा नगरपालिका ३ घर भई हाल काठमाडौंको हात्तीगौँडा बस्दै आएका पहल कुमार मगरको रहेको अनुसन्धानबाट खुल्न आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । उक्त मोटरसाइकल गत भदौ १८ गते काठमाडौंको हात्तीगौडाबाट हराएको भनी मगरले निवेदन दिएका थिए । उक्त मोटरसाइकलसहित पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया