Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालविश्वका हेर्नैपर्ने विमानस्थलको सूचीमा लुक्ला विमानस्थल

विश्वका हेर्नैपर्ने विमानस्थलको सूचीमा लुक्ला विमानस्थल


सोलुखुम्बु । विश्वका छवटा हेर्नैपर्ने विमानस्थलमा सोलुखुम्बुको तेन्जिङ–हिलारी विमानस्थललाई पनि समावेश गरिएको छ । उड्डयनसम्बन्धी काम गर्ने बेलायती संस्था आर्टेमिस एयरस्पेसले विश्वका करिब ४१ हजार विमानस्थलमध्ये सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ–हिलारी (लुक्ला) विमानस्थल तेस्रो स्थानमा समावेश गरेको हो ।

स्कटल्यान्डको बारा विमानस्थल पहिलो स्थानमा छ भने ग्रीसको स्कियाथोस अलेक्ज्यान्ड्रोस दोस्रो स्थानमा छ । यसैगरी ब्राजिलको सान्टोस गुमेन्ट, इटालीको भेनिस मार्काेपोला र आयरल्यान्डको डोनेगल विमानस्थल क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । विमानस्थलको अवस्थिति र प्राकृतिक सुन्दरताका आधारमा उक्त छवटा विमानस्थललाई ‘हेर्नैपर्ने’ विमानस्थलको सूचीमा समावेश गरेको हो । ‘सगरमाथाको प्रवेशद्वार यो (तेन्जिङ–हिलारी) विमानस्थल सुन्दर हिमालको बीचमा छ । यात्रुले हिमालको सुन्दर दृश्यावलोकन गर्न सक्छन्’, आर्टेमिस एयरस्पेसले उल्लेख गरेको छ ।

विमानस्थल स्रोतका अनुसार लुक्ला विमानस्थलमा वार्षिक सरदर एक लाखभन्दा बढी यात्रुले सेवा लिने गरेका छन् । जसमा सन् २०१६ मा सबैभन्दा बढी एक लाख १९ हजार आठ सय एक जना यात्रुले सेवा लिएका थिए । झन्डै ५१ वर्षको इतिहास बोकेको विमानस्थलमा वर्षमा सयौँ हवाइजहाज उडान र अवतरण गर्छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया