Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालअन्तर्राष्ट्रिय शैलीको फार्मेसी र सौन्दर्य स्टोर सञ्चालन

अन्तर्राष्ट्रिय शैलीको फार्मेसी र सौन्दर्य स्टोर सञ्चालन


काठमाडौं । ललितपुरको एकान्तकुनामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय शैलीको औषधि तथा सौन्दर्य स्टोर, ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमका बीच सो स्टोरको उद्घाटन मेकअप आर्टिस्ट स्नेह राणाले गरेकी हुन् ।

ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर नेपालकै पहिलो अन्तर्राष्ट्रिय शैलीको फार्मेसी हो । औषधि र औषधिजन्य उत्पादनहरुका साथै, यस स्टोरमा सुप्रसिद्ध स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सौन्दर्य, स्वास्थ्य, फिटनेस र वेलनेस उत्पादनहरू ग्राहकहरूले एउटै छानामुनि पाउनेछन् । कार्यक्रममा ट्रुकेयरका प्रमुख कार्यकारी अधिकृत शाश्वत बज्राचार्यले ट्रुकेयर फार्मेसी र ब्युटिस्टोरले ग्राहकहरुको अनुभवलाई उच्च प्राथमिकतामा राख्ने बताए ।

छिट्टै रिटेल आउटलेटहरूको संख्या बढाउने योजना बनाएका, बज्राचार्य नेपालको स्वास्थ्य र वेलनेस क्षेत्रमा भइरहेको प्रगति र विकास देखेर उत्साहित छन् । उनी भन्छन्, ‘ग्राहकहरुलाई यो फरक र नयाँ अनुभव हुनेछ किनभने हामी वहाँहरुलाई साँच्चिकै विश्वस्तरको सेवा प्रदान गर्न चाहन्छौँ । त्यसैले हामीले हाम्रो स्टोरको नाम ट्रुकेयर (साँचो सेवा) राखेका छौँ ।’ ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर जावलाखेल–एकान्तकुनामा, स्विस दूतावासको छेउमा रहेको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया