Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपोखरामा लक्जरी अपार्टमेन्ट सञ्चालनमा

पोखरामा लक्जरी अपार्टमेन्ट सञ्चालनमा


पोखरा । लामो वा छोटो समय बस्नका लागि पोखरामा आउने पर्यटकलाई लक्षित गर्दै लक्जरी अपार्टमेन्ट सञ्चालनमा आएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी युवा पर्यटन व्यवसायी पोम नारायण श्रेष्ठले पोखराको लेकसाइडस्थित वाराही पथमा ‘पोम्स पेन्टहाउस’ सञ्चालनमा ल्याएका हुन् ।

गु्रपमा र परिवारसहित आउनेलाई लक्षित गर्दै पोम्स पेन्टहाउस सञ्चालनमा ल्याएको सञ्चालक श्रेष्ठले बताए । गु्रपमा र परिवारसहित आउनेलाई लक्षित गर्दै पोम्स पेन्टहाउस सञ्चालनमा ल्याएको सञ्चालन श्रेष्ठले बताए । पोम्समा घरमा चाहिने सम्पूर्ण सुविधा अपार्टमेन्टमा उपलब्ध छ । किचन, ग्यास, भाँडाकुडालगायत घरमा आवश्यक पर्ने सबै सेवा सुविधा हाउसको रहेको श्रेष्ठको भनाइ छ ।

पोखरामा परिवारसहित आउने पर्यटकका लागि अपार्टमेन्ट निकै उपयोगी हुने गर्छ । ‘लामो समय पोखरा बस्न चाहने पर्यटकलाई अपार्टमेन्ट निकै प्रभावकारी हुनेछ’, उनले भने । यद्यपि, एक दिनमात्रै वा छोटो समय बस्नेले पनि अपार्टमेन्टको सुविधा लिन सक्ने श्रेष्ठले जानकारी दिए । एक रातको नेपालीका लागि तीन हजारदेखि १२ हजारसम्म र विदेशीलाई ४० डलरदेखि १२० डलरसम्म लिने गरेको बताए । करिब १० आना क्षेत्रफलमा निर्माण भएको अपार्टमेन्ट निर्माण करिब १० करोड खर्च भएको श्रेष्ठको भनाइ छ । पोम्समा स्टुडियो अपार्टमेन्ट छवटा, दुई बेडरुमको चारवटा, थ्री बेर्डरुमको एक र छवटा सेयरिङ किचन रुम रहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया