विराटनगर इन्टरनेशनल कलेजका ६२ विद्यार्थी दीक्षित
काठमाडौं । विराटनगर इन्टरनेशनल कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा बीएससी (अनर्स) इन्टरनेशनल बिजनेस मेनेजमेन्ट विषयमा ६२ जना विद्यार्थी दीक्षित भएका छन् । तीनवर्षे तह अध्ययनपछि विद्यार्थीले भविष्यमा नयाँ कामको खोजी गर्न सक्नेछन् ।
दीक्षान्त समारोहमा अभिभावकसँगै प्रमाणपत्र लिन आएका विद्यार्थीले यो समय आफुहरुको लागि अत्यन्तै महत्वपूर्ण र शैक्षिक उन्नयनको लागि मुख्य विषय भएको बताएका थिए । स्नातक तह पार गरेपछि उत्कृष्ट विद्यार्थीलाई पोष्ट ग्र्याजुएट तहको लागि इनोभेट नेपाल गु्रपले छात्रवृत्तिको व्यवस्था गरेको छ । ती विद्यार्थीले हेराल्ड कलेज काठमाडौंमा इन्टरनेशनल एमबीए अध्ययन गर्न पाउनेछन् । जुन आईएनजीले सञ्चालन गरेको छ । दीक्षान्त समारोहमा बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति (प्रो भाइसचान्सलर) टिच स्टिलले दीक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्रो भाइस चान्सलर टिम स्टिलले नेपालमा उत्कृष्ट शिक्षा दिन सफल विराटनगर इन्टरनेशनल कलेजले विश्वविद्यालयको सपना पूरा भएको बताए । ‘अब बीएससी (अनर्स) इन्टरनेशनल बिजनेस मेनेजमेन्ट डिग्री साथै इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट तहको कक्षा सञ्चालन हुँदै छ । म यो गर्व गर्न चाहन्छु कि विश्वविद्यालयले सोचअनुसार कलेजले शिक्षा दिनसकेको छ, भविष्यमा देशको लागि उल्लेखनीय काम गर्न मेरो सुझाव छ’, उनले भने ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- महिन्द्राको ‘ट्रियो र यारी’मा नगद छुट र एक्सचेन्ज अफर
- ‘लो बिडिङ’मा परियोजना दिने परिपाटीमा सुधार ल्याउनुपर्ने
- माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट
- मिथिला लघुवित्तको नाफा दुई करोड १७ लाख
- एमएच–१७ क्षेप्यास्त्र आपूर्तिमा पुटिनले स्वीकृति दिएको हुनसक्ने अनुसन्धानकर्ताको भनाइ
- समृद्धिको आधार साक्षरताको विकास र विस्तार
- पर्यावरण संरक्षणमा सिमसारको महत्व
- एकीकृत कार्ययोजना कार्यान्वयनको अपेक्षा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
तपाईको प्रतिक्रिया