‘अर्थतन्त्रलाई सही बाटो तर्फ लैजान सहकार्य जरुरी’
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानमा इकोनोमिक मिडिया र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका छन् । निजी क्षेत्र र इकोनोमिक मिडिया एउटै बास्केटमा रहेकोले निजी क्षेत्रका भनाइहरुलाई जनमानसमा पु-याउन इकोनोमिक मिडियाहरुले अहं भूमिका खेलेको उनले बताए ।
इकोनोमिक मिडिया सोसाइटी नेपालका नवनिर्वाचित कार्यसमितिको सम्मानमा चेम्बरद्वारा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले सरकारले प्रतिबद्धता गरेका कतिपय सुविधाहरु व्यवहारमा लागू गर्न नसकेको उल्लेख गर्दै उक्त प्रतिबद्धताहरुलाई प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई घचघच्याउन मिडियाको भूमिका अपरिहार्य रहेको बताए ।
सोही अवसरमा इकोनोमिक मिडिया सोसाइटी नेपालका अध्यक्ष रामराजा श्रेष्ठले आर्थिक नीति निर्माणमा पैरवी गर्ने, आर्थिक मन्दीका सन्दर्भमा निजी क्षेत्रसँग समन्वय गर्ने र निजी क्षेत्रका चुनौतीहरुलाई सम्प्रेषण गर्ने उद्देश्यले यस संस्थाको स्थापना भएको बताए । संस्थाको भूमिकामा केही कमजोरी भए सुझाव दिन पनि उनले आग्रह गरे ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ
- अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षको भेटवार्ता
- हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु
- फास्ट-ट्र्याकको डिजाइन नेपाली सेनाको व्यवस्थापनमा परिवर्तन गरिने
- निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने
- नयाँ बसपार्कबाट सञ्चालन हुन थाले माइक्रोबस
- बंगलादेशमा गर्मी बढ्यो, विद्युत् कटौतीसँगै विद्यालय बन्द
- भोडाफोन र हचिसनले मर्जर घोषणा गर्ने
धेरैले पढेको
- मध्यपहाडी राजमार्गका ठेक्काहरू तोड्दै कार्यस्थल छाड्न निर्माण व्यवसायीलाई निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया