पर्यटन प्रवर्द्धनका लागि चेम्बरको आयोजनामा गल्फ
काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि चेम्बर अफ कमर्सले कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको छ । काठमाडौंको सिनामंगलस्थित रोेयल नेपाल गल्फ क्लबमा निजी क्षेत्रका उद्योगी व्यवसायीको सहभागितामा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गरिएको हो ।
सो प्रतियोगिताको समापन कार्यक्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले गल्फ प्रतियोगितालाई व्यवस्थित बनाएर मुलुकको पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘कर्पोरेट गल्फमार्फत मुलुकका उद्यमी व्यवसायीलाई एकै ठाउँमा जोड्न सकिन्छ । गल्फमार्फत आन्तरिक र बाह्य पर्यटन वृद्धि गर्न पनि महत्वपूर्ण सहयोग पुग्ने मैले अपेक्षा गरेको छु ।’ गल्फ खेल मार्फत पर्यटन विकास पनि हुने भएकाले देशव्यापी बनाउन आवश्यक रहेको अध्यक्ष मल्लको भनाइ छ । गल्फ खेलले शारीरिक विकास र मनोरञ्जनसँगै मानसिक स्वास्थ्यमा पनि सहयोग पु-याउने भएकाले यसलाई व्यापक बनाउनुपर्नेमा उनले जोड दिए । रोयल नेपाल गल्फ क्लबसँगको सहकार्यमा चेम्बरले आगमी वर्ष पनि गल्फ प्रतियोगितालाई निरन्तरता दिने उनले बताए ।
गल्फ क्लवका अध्यक्ष प्रचण्डमान श्रेष्ठले राज्यको साथ र नीतिगत व्यवस्था गरेर गल्फको विकासमार्फत पर्यटन प्रवर्द्धन गर्न सकिने बताए । यसका लागि निजी क्षेत्रको सबैभन्दा पुरानो संस्था चेम्बरसँग एक सय वर्षभन्दा पुरानो इतिहास बोकेको रोयल नेपाल गल्फ क्लब सहकार्य गर्न तयार रहेको उनको भनाइ छ । शनिबार सम्पन्न प्रतियोगिताका विजेतालाई चेम्बर अध्यक्ष मल्लले सम्मान समेत गरेका थिए । पुरुषतर्फ नीतिममणि राज भण्डारी ४० उच्च स्कोरसहित पुरस्कृत भए भने महिलातर्फ ३२ स्कोरसहित आर्सिया बानुले पुरस्कृत भइन् । यस्तै चेम्बरको आमन्त्रित समूह तर्फबाट किशोर बस्नेत ३५ स्कोरसहित पुरस्कृत भएका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया