Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगघरेलु महासंघका पूर्वअध्यक्ष श्रेष्ठको निधन

घरेलु महासंघका पूर्वअध्यक्ष श्रेष्ठको निधन


काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व केन्द्रीय अध्यक्ष रमेशकुमार श्रेष्ठको निधन भएको छ । श्रेष्ठको बुधबार काठमाडौंमा निधन भएको महासंघले जनाएको छ । तत्कालीन संघलाई महासंघमा परिणत गराउन महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठ वि.सं २०५३ साल असार देखि २०५५ साल पौष महिनासम्म महासंघको अध्यक्ष भएका थिए । उनकै सक्रियतामा काठमाडौंमा सार्कस्तरीय सेमिनार तथा सार्क मुलुकमा उत्पादित वस्तुहरूको औद्योगिक प्रदर्शनीसमेत भएको थियो ।

श्रेष्ठको निधनबाट महासंघले संस्थागत विकासमा समर्पित एउटा सफल अभिभावक गुमाएको महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले बताए । महासंघले श्रेष्ठको निधनको शोकमा असार १५ गते महासंघ केन्द्र, प्रदेश, जिल्ला तथा पालिका समितिका कार्यालयहरू एक दिनका लागि बन्द गर्ने भएको छ । साथै, महासंघको झण्डा आधा झुकाइने महासंघले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #page 3

तपाईको प्रतिक्रिया