Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाढीले सडक बगाएपछि दोलखाको उत्तरी राजमार्ग बन्द

बाढीले सडक बगाएपछि दोलखाको उत्तरी राजमार्ग बन्द


दोलखा,सोमबार राती देखीको अविरल वर्षा संगै आएको बाढीले दोलखाको उत्तरी राजमार्ग चरिकोट सिंगटी सडक बन्द भएको छ्।उत्तरी ३ वटा पालिकाहरु कालिञ्चोक,विगु र गौरीशंकर मुख्य सडकमा पहिरो गए पछि यहाँका स्थानीयलाई सदरमुकाम चरिकोट तथा काठमाडौ आवतजावतमा समस्या भएको छ। कालिञ्चोक गाउँपालिका-४ को चरिकोट–सिंगटी सडक खण्डको बञ्चरे नजिकै चप्लेटीमा सोमबार राति खहरेको बाढीले सडक बगाएर पहिरो गएपछि यातायात अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

बाढीले सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ। सो क्षेत्रका अन्य सडकमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ। दोलखाको तीनवटा गाउँपालिकालाई जोड्ने मुख्य चरिकोट–सिंगटी सडक बढीले बगाएपछि यातायात पूर्ण रूपमा ठप्प भएको हो। इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सानु तामाङका अनुसार पहिरोका कारण चप्लेटिका स्थानीयको पाँच वटा घर जोखिममा परेको छ।

स्थानीय कृष्णबहादुर श्रेष्ठ, चत्रबहादुर श्रेष्ठ, लाल बहादुर श्रेष्ठ, नरबहादुर श्रेष्ठ र खड्ग बहादुर श्रेष्ठको घर जोखिममा परेको हो। पहिरो खस्ने क्रम नरोकिएकाले अन्य बस्ती पनि जोखिममा रहेको स्थानीय लालबहादुर श्रेष्ठले जानकारी दिए।मुख्य सडक बाढीले बगाएपछि विगु,गौरीशंकर र कालिञ्चोक स्थानीय चिन्तित बनेका छन्।सडक भत्केको कारण अत्यावश्यक सवारी आवतजावत र खाद्यान्न ढुवानी बन्द हुँदा यहाँका स्थानीय चिन्तित बनेका हुन्।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया