वाणिज्य बैंकहरूद्वारा ब्याजदर परिमार्जन
सातवटाको बढ्दा छवटाको घट्यो, बाँकीको स्थिर
काठमाडौं,वित्तीय प्रणालीमा तरलता सहज भए पनि वाणिज्य बैंकहरूले ब्याजदर बढाएका छन् । असोज महिनाका लागि केही बैंकले निक्षेपको ब्याजदर बढाएका हुन् । प्रकाशित विवरणहरूअनुसार हिमालयन बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र नेपाल एसबीआई बैंकले व्यक्तिगत तथा संस्थागत निक्षेपको ब्याजदर बढाएका हुन् ।
राष्ट्र बैंकका अनुसार अहिले वाणिज्य बैंकहरूसँग ५० खर्ब ३८ अर्ब रूपैयाँ निक्षेप छ । जसमध्ये ४३ खर्ब ३९ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरूको कर्जा निक्षेप अनुपात ८२ दशमलव ६९ प्रतिशत कायम छ । यो आधारमा बैंकहरूले अझै सात दशमलव ३१ प्रतिशत कर्जा प्रवाह गर्न पाउँछन् । सीडी रेसियो ९० प्रतिशतभित्र कायम गरेर कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । यो आधारमा बैंकहरूसँग अझै एक खर्ब ९५ अर्ब रूपैयाँ लगानीयोग्य रकम छ । तर, पनि केही बैंकले आफूसँग भएको निक्षेप खोसिने डरले ब्याजदर बढाएका छन् ।
सबैभन्दा धेरै ब्याजदर हिमालयन बैंकले बढाएको छ । बैंकले व्यक्तिगत निक्षेपमा नौ दशमलव ९९ प्रतिशत रहेको ब्याजदर एक दशमलव शून्य ६४ प्रतिशत विन्दु बढाएर असोज महिनाका लागि ११ दशमलव शून्य ५४ प्रतिशत पु¥याएको छ । यस्तै सात दशमलव ९९ प्रतिशत रहेको संस्थागत निक्षेपकोे ब्याजदर नौ दशमलव शून्य ५४ प्रतिशत पु¥याएको छ । हिमालयनपछि एभरेष्ट बैंकले यसअघि १० प्रतिशत कायम राखेको व्यक्तिगत निक्षेपको ब्याजदर एक दशमलव शून्य ५४ प्रतिशतले बढाएर ११ दशमलव शून्य ५४ प्रतिशत पु¥याएको छ । हिमालयलने आठ प्रतिशत रहेको संस्थागत निक्षेपको ब्याजदर बढाएर नौ दशमलव शून्य ५४ प्रतिशत पु¥याएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि भदौ महिनामा नौ दशमलव ९९ प्रतिशत कायम गरेको व्यक्तिगत निक्षेपको ब्याजदर ११ दशमलव शून्य तीन प्रतिशत कायम गरेको छ । इन्भेष्टमेन्टले संस्थागत निक्षेपमा नौ दशमलव शून्य ३ प्रतिशत ब्याजदर तोकेको छ ।
प्राइम कमर्सियल बैंकको व्यक्तिगत निक्षेपको ब्याजदर सबैभन्दा उच्च छ । प्राइमले व्यक्तिगत निक्षेपमा ११ दशमलव ३५८ प्रतिशत र संस्थागतमा नौ दशमलव ३५८ प्रतिशत ब्याज तोकेको छ ।नबिल बैंकले पनि यसअघि १० दशमलव ४९ प्रतिशत कायम गरेको व्यक्तिगत निक्षेपको ब्याजदर असोजमा बढाएर ११ दशमलव शून्य ५४ प्रतिशत पु¥याएको छ । नबिल बैंकले संस्थागत निक्षेपको ब्याजदर पनि आठ दशमलव ४९ प्रतिशतबाट बढाएर नौ दशमलव ९५४ प्रतिशत पु¥याएको छ । स्टान्डर्ड चार्टर्डले आठ दशमलव ९२ प्रतिशत रहेको ब्याजदर बढाएर नौ दशमलव २९ प्रतिशत पु¥याएको छ । नेपाल एसबीआई बैंकले भदौमा नौ दशमलव ९९ प्रतिशत दिएको ब्याज असोजमा १० प्रतिशत पु¥याएकोे छ ।
निक्षेपको ब्याजदर बढाएपछि ऋणको ब्याजदर पनि बढ्नेछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले केही दिनअघि असोजमा ब्याजदर घटाउने सर्तमा बैंकहरूलाई स्थानीय तहको सञ्चित कोषमा रहेको पैसाको ६० प्रतिशत निक्षेपमा गणना गर्न दिएका थिए । तर, बैंकहरूले सो सर्त अवज्ञा गर्दै ब्याजदर बढाएका हुन् । ब्याजदर घट्ने आशामा गतसाता करिब चार प्रतिशत बढेको सेयरबजार अपेक्षाविपरीत ब्याजदर बढेर आएपछि आइतबार उच्च अंकले घटेको छ ।
प्रभु बैंक, एनएमबी बैंक, माछापुच्छ«े बैंक र सिद्धार्थ बैंकले भदौमा तोकेको ब्याजदरलाई नै निरन्तरता दिएका छन् । प्रभु बैंकले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ आठ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ । एनएमबी बैंक, माछापुच्छे« बैंक र सिद्धार्थ बैंकले भदौ महिनामा कायम नौ दशमलव ९९ प्रतिशत ब्याजदरलाई नै असोजमा निरन्तरता दिएका छन् । संस्थागत निक्षेपतर्फ पनि एनएमबीले सात दशमलव ९९, माछापुच्छे«ले सात दशमलव ४९ र सिद्धार्थले सात दशमलव ९९ प्रतिशत ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।
ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल बैंकले भदौको तुलनामा ब्याजदर घटाएका छन् । ग्लोबल आईएमई बैंकले भदौमा व्यक्तिगत निक्षेपमा १० दशमलव ८९६ प्रतिशत ब्याज दिएकामा असोजमा घटाएर १० दशमलव पाँच प्रतिशतमा झारेको छ । संस्थागत निक्षेप पनि आठ दशमलव ८९६ प्रतिशतबाट आठ दशमलव पाँच प्रतिशतमा झारेको छ । लक्ष्मी सनराइज बैंकले भदौमा व्यक्तिगत निक्षेपमा १० दशमलव चार प्रतिशत ब्याज दिएकामा असोजमा घटाएर १० प्रतिशतमा झारेको छ । लक्ष्मीले संस्थागत निक्षेपको ब्याजदर भने सात दशमलव ९९ प्रतिशतबाट बढाएर आठ प्रतिशत पु¥याएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपमा भदौमा कायम नौ दशमलव ९९ प्रतिशत ब्याजदर असोजमा घटाएर नौ दशमलव पाँच प्रतिशतमा झारेको छ । संस्थागत निक्षेपको ब्याजदर पनि सात दशमलव ९९ प्रतिशतबाट घटाएर सात दशमलव पाँच प्रतिशत कायम गरेको छ । कुमारी बैंकले पनि भदौमा व्यक्तिगत निक्षेपमा १० दशमलव ८९६ ब्याजदर तोकेकामा असोजमा घटाएर १० दशमलव ११ प्रतिशतमा झारेको छ । संस्थागत निक्षेततर्फ आठ दशमलव ८९६ प्रतिशतबाट घटाएर आठ दशमलव ११ प्रतिशतमा झारेको छ । सिटिजन्स बैंकले पनि भदौमा व्यक्तिगत निक्षेपमा १० दशमलव ८९६ प्रतिशत ब्याज दिएकामा असोजमा घटाएर १० दशमलव शून्य ५ प्रतिशत तोकेको छ । संस्थागत निक्षेपततर्फ पनि आठ दशमलव ८९६ प्रतिशतबाट आठ दशमलव शून्य ५ प्रतिशतमा झारेको छ ।
सबैभन्दा धेरै ब्याजदर नेपाल बैंकले घटाएको छ । यो बैंकले भदौमा भन्दा एक दशमलव ६०३ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ । भदौमा व्यक्तिगत निक्षेपमा १० दशमलव ८९६ प्रतिशत ब्याजदर तोकेको नेपाल बैंकले असोजमा नौ दशमलव २९३ प्रतिशतमा झारेको छ । संस्थागत निक्षेपमा पनि आठ दशमलव ८९६ प्रतिशतबाट घटाएर सात दशमलव २९३ प्रतिशत तोकेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया