क्यानडाको तेस्रो ठूलो बैंकले गाडी कर्जा बन्द गर्ने
क्यानडाको तेस्रो ठूलो बैंक ‘बैंक अफ मोन्ट्रियल’ले खुद्रा अटो फाइनान्स व्यवसाय बन्द गर्ने भएको छ । बैंकले अटो फाइनान्स व्यवसाय बन्द गर्दा क्यानडामा ठूलो संख्यामा रोजगारी गुम्ने बताइएको छ ।बैंकले अटो फाइनान्सको खुद्रा व्यापारले खराब कर्जा बढाएपछि यस्तो कदम चालिएकोे बताएको छ । बैंकले गत जुलाईमा ८१ मिलियन क्यानेडियन डलर (६० मिलियन अमेरिकी डलर) बराबरको खराव ऋण पुगेको उल्लेख गरेको छ । जब एक वर्षपहिलो बैंकको खराब ऋण नौ मिलियन क्यानेडियन डलरको रिकभरीको तुलनामा बढेर आएको हो । अर्थतन्त्रमा देखिएको दबाबको संकेतले उपभोक्ताहरुले उधारो लागतमा तीव्र वृद्धिको सामना गरिरहेका छन् ।
बैंकले जारी गरेको विज्ञप्तिमा अप्रत्यक्ष खुद्रा अटो फाइनान्स व्यवसायलाई बन्द गरेपनि आफूसँग विश्वास गर्न सकिने क्षेत्रहरुमा स्रोत केन्द्रित गर्ने क्षमता रहेको जनाएको छ ।बैंकले डिलर सम्झौताको समाप्ति सेप्टेम्बर १५ देखि लागू हुने जनाएको छ । तर, बैंकले तोकिएको मितिभन्दा पहिले पेस गरिएका र स्वीकृत भएका सबै सम्झौताहरुमा फाइनान्स सुविधा दिने जनाएको छ ।बैंकले तेस्रो त्रैमाससम्म खुद्रा अटो व्ययवासयमा प्रवाह गरेको ऋण अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३४ प्रतिशत बढेर १७ दशमलव ३६ बिलियन क्यानेडियन डलर पुगेको जनाएको छ । जुन बैंकको समग्र ऋण प्रवाशको दुई दशमलव सात प्रतिशत हो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया