हिन्दू महिलाहरूको महानपर्व हरितालिका तीज मनाउने शैली परिवर्तन हुँदै गएको छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्मको अवधिलाई तीजको रूपमा मनाउने परम्परा रहेको छ । तर पछिल्लो समय एक महिना अगाडिदेखि नै पार्टी ¥यालेसहरू महँगो खर्चमा तीज मनाउन थालिएको छ ।तीजको परम्परा र मान्यताका बारेमा हिन्दुशास्त्र र पुराणहरूमा विभिन्नविभिन्न किसिमका कथा, वर्णन र चर्चा गरिएका छन् ।
हिन्दुशास्त्रमा बताइएअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई उनले महादेव पति पाएको दिनलाई उत्सव मानेर तीज पर्वको सुरूवात भएको भन्ने मान्यता रहेको पण्डित नवराज ढुङ्गेल बताउँछन् । पछिल्लो समय, काल र युग परिवर्तन हुँदै जाँदा मान्यता, परम्परा, संस्कृति, प्रचलनमा पनि खर्चिलो पन आएको उनले बताए । उनका अनुसार तीजको खास मौलिकता भनेको अविवाहित महिलाले राम्रो वा उपयुक्त वर पाउनका लागि भगवान्सँग प्रार्थना गर्नु, विवाहित महिलाले आफ्नो वर र सन्ततिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्नु, चोखो र शुद्ध भोजन ग्रहण गर्नु, माइतीघर जानु, मीठो मसिनो खानु, हरिया र राता कपडा लगाउनु, सामथ्र्यअनुसार गरगहनाबाट सिँगारिनु, घरमाइतीका सुखदुःख साटासाट गर्नु, भगवान् वा नारी वेदनाका गीत गाई नाचगान गर्नु हुन् । तर पछिल्लो समय तीज मनाउने नाममा विभिन्न विकृति भित्रिँदै गएको उनले बताए ।
पहिलेको चार दिनमा मनाइने तीज अहिले चार हप्ता मनाउँदा पनि नसकिने गरेको उनले बताए । तीज मनाउने परम्परा मात्रै नभई तीज गाइने गीतको मौलिकता र विशेषता समेत हराउँदै गएको उनले बताए ।यता बैतेश्वर गाउँपालिकाले वडामै महिलालाई बोलाएर दर खुवाउने तथा सांस्कृतिक कार्यक्रम गरेर तीज मनाएको छ । तीजको परम्पराअनुसार दर खाने दिनमा नै पालिकाभित्रका सबै वडामा दर खुवाउने कार्यक्रम गरिएको पालिका उपाध्यक्ष कल्पना उप्रेतीले जानकारी दिइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया