अरुणिमा प्रतिष्ठानको साधारणसभा
अवसरबाट बञ्चित विद्यार्थीलाई शिक्षा प्रदान गर्ने तथा विपत्तिमा परेका मानिसको उद्धारमा योगदान पु¥याउने मूल लक्ष्यसहित स्थापित अरुणिमा परोपकार प्रतिष्ठानको पहिलो वार्षिक साधारणसभा राजधानीमा सम्पन्न भएको छ ।
साधारणसभामा प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन शाक्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए । उनका अनुसार संस्थामा हालसम्म २८ लाख सात हजार नौ सय ४२ को मूल अक्षयकोष खडा भइसकेको छ ।
सोही अवसरमा प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुंगानाले चेतनाथ÷सावित्रादेवी ढुंगाना र घनश्याम÷कुन्तीदेवी दाहाल स्मृति अरुणिमा छात्रवृत्ति कोषका लागि १० लाख १५ हजार चार सय ४३ रुपैयाँको प्रतिबद्धता प्राप्त भएको जानकारी दिए । यो कोषको रकम सिन्धुपाल्चोकस्थित मेलम्चीनगर क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई उपलब्ध गराइने छ ।
प्रतिष्ठानले लक्ष्मी चालिसे स्मृति अरुणिमा छात्रवृत्ति १५ लाख, अग्निशिखा स्मृति अरुणिमा छात्रवृत्ति दुई लाख, पशुपतिराज÷मृगेन्द्रकुमारी मिश्र स्मृति अरुणिमा छात्रवृत्ति पाँच लाख २० हजार, सुवास अधिकारी स्मृति अरुणिमा छात्रवृत्ति दुई लाख १० हजार, रामजीप्रसाद÷कमलादेवी न्यौपाने स्मृति अरुणिमा छात्रवृत्ति १० लाख वितरण गर्दै आएको छ । यस्तै, अरुणिमा शैक्षिक प्रतिष्ठान छात्रवृत्ति पाँच लाख १३ हजार, अरुणिमा एल्मुनाई एसोसिएसन छात्रवृत्ति तीन लाख ७३ हजार छ सय ९२ लगायतका नाममा लक्षित वर्गलाई सहयोग गर्दै आएको प्रतिष्ठानका सचिव जितेन्द्र श्रेष्ठले जानकारी दिए । मूल कोष र सहायक कोष गरी प्रतिष्ठानमा करिब ७४ लाख रुपैयाँ जम्मा भइसकेको प्रतिष्ठानका अध्यक्ष ढुंगानाले जानकारी दिए ।
क्याटेगोरी : प्रविधि / शिक्षा, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया