एक्सेल डेभलपमेन्ट बैंकको ४५ औँ शाखा उदयपुरमा
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पु¥याउने उद्देश्यका साथ उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ९ अन्तर्गत रामपुर बजारमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकका अनुसार आइतबार रामपुर शाखाको उद्घाटन प्रमुख अतिथि बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले गरेका हुन् ।
आर्थिक र व्यापारिक दृष्टिकोणले तीव्र विस्तार हुँदै गएको रामपुर बजारमा ग्राहकलाई विभिन्न किसिमका निक्षेप योजनामार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकताबमोजिम आवास, सवारीसाधन, व्यक्तिगत, व्यापारिकलगायत कर्जा सुविधा लिन सक्ने सुविधा प्रदान गर्नुका साथै उनीहरूकै रोजाइको माध्यम अर्थात् एबीबीएस, सीआस्वा, आईपीएस, कनेक्ट आईपीएस, अनलाइन क्लियरिङ, क्युआर कोड तथा स्मार्ट मोबाइल बैंकिङ भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधासहितको भिसा क्रेडिट कार्ड, रेमिट्यान्स सेवालगायतका अधिकांश बैंकिङ सेवाहरू उक्त नव स्थापित शाखा कार्यालय रामपुरबाट प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग १० अर्ब ८० करोड रुपैयाँ रहेको छ भने निक्षेप संकलन लगभग १३ अर्ब ७१ करोड गरेको छ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेका बैंकले हाल झापा, इलाम, मोरङ, पाँचथर, सुनसरी र उदयपुरका विभिन्न ४५ स्थानमा अवस्थित आफ्ना शाखा कार्यालयमार्फत ग्राहक समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ भने कोशी प्रदेश कार्यक्षेत्र रहेको बैंकले आगामी दिनमा प्रदेशभर आफ्नो शाखा विस्तार गर्ने उद्देश्यका साथ कार्य योजनाअघि बढाएको छ । एक्सेल डेभलपमेन्ट बैंकका संस्थापक डा रुपकप्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको शाखा उद्घाटन कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक अशोक क्षेत्रीले स्वागत मन्तव्य राखेकोे तथा बैंकको वर्तमान गतिविधिका बारेमा प्रमुख कार्यकारी अधिकृत डा इन्द्रकुमार कट्टेलले प्रकाश पारेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया