Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसमाजवादी जागरण अभियान २०८०

समाजवादी जागरण अभियान २०८०


काठमाडौँ । यही असोज १४ गतेदेखि नेकपा (एकीकृत समाजवादी) ले समाजवादी जागरण अभियान २०८० सञ्चालन गर्ने भएको छ । झापाको काँकडभिट्टास्थित मेची नदीबाट असोज १४ गते बिहान ९ बजेदेखि सुरु हुने उक्त अभियान असोज २९ गते सुर्खेत पुगेर सभा गरी सम्पन्न हुने सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

अभियानका क्रममा ठाउँठाउँमा साना ठूला सभा गर्ने, आफ्ना एजेण्डा जनतालाई सुनाउने तथा जनताको सुझाव लिएर पहलकदमी गर्नेसम्मका रहेका छन् । एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने तय गरेको छ ।

उक्त अभियानले सुशासन, रोजगारी समृद्धि, किसानले उत्पादन गरेको वस्तु सरकारले खरिद गर्नुपर्ने, कृषि मूल्य निर्धारण गर्नुपर्ने तथा आत्मनिभर नेपाल बनाउने सन्देश दिने प्रवक्ता खतिवडाले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया