लोक सेवा आयोगको विश्वसनीयता अभिवृद्धिमा मेहनत गर्न राष्ट्रपतिको सुझाव
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक प्रशासनलाई स्वच्छ, मर्यादित, पारदर्शी, समावेशी र जनउत्तरदायी बनाउन लोक सेवा आयोग सफल हुने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन बुझ्दै उनले योग्यता प्रणालीको संरक्षकका रूपमा रहेको आयोगको विश्वसनीयतामा अभिवृद्धिका लागि मेहनत गर्न सुझाव दिए ।
नेपालको संविधानले निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने गहन जिम्मेवारी आयोगलाई दिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदमा समेत पदपूर्तिका लागि लिखित परीक्षा स्वयं आयोगले नै गर्नेगरी कार्य क्षेत्रमा व्यापक विस्तार भएको बताए ।
नेपाली जनताको आस्था र विश्वासको धरोहरका रूपमा रहेको संवैधानिक निकाय लोक सेवा आयोगले गरेको कार्य सराहनीय रहेको जनाउँदै उनले आगामी दिनमा समेत आफ्नो क्षमता अभिवृद्धि गरी अझ प्रभावकारीरूपमा कार्यसम्पादन योग्य, सक्षम र दक्ष जनशक्ति छनोट गर्दै जाने विश्वास व्यक्त गरे । कामकारबाहीलाई जनमुखी र पारदर्शी बनाउन तथा उम्मेदवारको सहभागितामा वृद्धि गर्न आयोगले गरेको कामबाट आफूलाई खुसी लागेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आयोगको छवि सधैँ स्वच्छ र निश्चल रहोस् भन्ने कामना गरे ।
समारोहमा आयोगका अध्यक्ष माधव रेग्मीले संविधानले प्रदान गरेको भूमिकालाई निष्पक्षता, वस्तुनिष्ठता र विश्वसनीयता प्रवर्द्धन हुने गरी कामकारबाही अगाडि बढाइएको बताए । योग्यता प्रणालीलाई राज्यका रहेक तहमा संस्थागत, प्रवर्द्धन एवं सम्वर्द्धन गर्ने कार्यमा आयोगले नेतृत्वदायी ढङ्गले समन्वयात्मक प्रयत्न जारी राखेको उनको भनाइ छ । अध्यक्ष रेग्मीले आयोगको गरिमालाई अझ सुदृढ बनाउने, परम्पारगत परीक्षा र परीक्षण विधिमा सुधार ल्याउने, विश्वनसनीयता बढाउने र गुणस्तरको खोजी गर्नेका ममा आयोग योजनाबद्ध ढङ्गले अगाडि बढिरहेको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया