Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइजरेलमा आक्रमणको योजनालाई इरानले सहयोग गरेको हो?

इजरेलमा आक्रमणको योजनालाई इरानले सहयोग गरेको हो?


गाजाक्षेत्र आसपासका इजरेली समुदायमाथि हमासले गरेको घातक आक्रमणमा इजरेलको शत्रु राष्ट्र इरानको संलग्नताबारे प्रश्न उठिरहेको छ।

वालस्ट्रिट जर्नलमा प्रकाशित एक विवरणमा नाम उल्लेख नगरिएका हमासका र लेबननका गुरिल्ला हिजबुल्लाहका सदस्यलाई उद्धृत गर्दै इरानले एक साता अघि नै इजरेलमा आक्रमणका लागि अनुमति दिएको उल्लेख छ।

यो दाबीमा दम देखिन्छ। यदि इजरेलमाथि भएको आक्रमण पछाडि इरानको पनि हात देखियो भने यसले द्वन्द्वलाई क्षेत्रीय स्तरको द्वन्द्वमा विस्तार गर्नसक्छ।

उक्त आक्रमणको प्रशंसा गर्न र त्यसमा हर्षोल्लास मनाउन इरानी नेताहरू अगाडि देखिए पनि उनीहरूले तत्कालै आफ्नो संलग्नता अस्वीकार गरे।
“इरानको भूमिकाबारेका आरोपहरू…राजनीतिक कारणबाट प्रेरित छन्,” इरानको विदेश मन्त्रालयले भनेको छ।
एक जना प्रवक्ताले “अरू देशको निर्णय प्रक्रियामा” इरानले हस्तक्षेप नगर्ने बताएका छन्।

तर यी आधारमा मात्रै इरान संलग्न थिएन भन्न कठिन छ।

हमासका प्रवक्ता गाजी हमादले उक्त आक्रमणका लागि आफ्नो समूहलाई इरानबाट प्रत्यक्ष आड रहेको बीबीसीसँग बताए।

इरानले “प्यालेस्टाइन र जेरुसलेमको मुक्तिका लागि प्यालेस्टिनी लडाकुहरूको पक्षमा उभिने” वाचा गरेको छ।

अमेरिकाले हमास हमलापछाडि इरानको संलग्नताबारे “अहिलेसम्म” कुनै पनि प्रमाण नभेटिएको जनाएको छ।

यद्यपि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले घटनाक्रमपछि “पक्कै पनि लामो सम्बन्ध रहेको” दाबी गरेका छन्।

हमासलाई सहयोग गर्ने प्रमुख मध्येको एक इरान
तेहरान वर्षौँदेखि हमासको प्रमुख आर्थिक दाताको रूपमा रहेको छ। उसले आर्थिक सहयोगका अतिरिक्त हमासलाई रकेट सहितका कैयौँ अस्त्रहरू पनि उपलब्ध गराउँदै आएको छ।

इरानले गाजामा आपूर्तिका लागि प्रयोग गर्ने मार्ग अवरुद्ध गर्न इजरेलले कैयौँ वर्ष बिताइसकेको छ। गाजा र इरानको बीचमा सुडान र यमन जस्ता देशहरूसँगै रेड सी र कानुनी शून्यता रहेको सिनाई प्रायद्वीपमा सक्रिय फिरन्ते तस्करहरू पर्छन्।

इजरेलसँग लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेको इरानको यहुदी राष्ट्रमा हुने समस्याबारे चासो छ।

“इरानको संलग्नता छ भन्ने ठानिनु धेरै टाढाको कुरा होइन,” इजरेलको विदेशी गुप्तचर निकाय मोसादका पूर्व अधिकारी हाइम तोमरले बीबीसीसँग भने।

“इजरेल र साउदी अरबबीच शान्ति सन्धि हुन लागेको विवरणप्रति यो इरानको प्रतिक्रिया हो।”

यद्यपि तोमर शनिवारको आक्रमण इरानकै आदेशमा भएको भन्न नसकिने बताउँछन्।

“हमासलाई हात हतियार उपलब्ध गराउने प्रमुख देश इरान भएको सत्य हो,” उनले भने। “र उनीहरूले सिरियामा र भनिए अनुसार इरानमा पनि तालिम दिइरहेका छन्।”
उनी इजरेलले पछिल्ला महिनाहरूमा हमासका अधिकारीहरूको गतिविधि निगरानी गरिरहेको बताउँछन्।

“हामीले सलेह अल-अरुरी (हमासका सैन्य विभाग प्रमुख) र अरू हमास नेताहरू लेबनन र इरानमा बाक्लै आउजाउ गरेको तथा (अयतोल्लाह) खामेनी लगायतसँग बैठकहरू गरेको देखेका छौँ,” उनले भने।

तर तोमरका अनुसार आक्रमणको समयबारे चर्चाका लागि यो प्रकारको “अन्तरङ्ग सम्बन्ध” मात्रै पर्याप्त छैन।

“इजरेलमा आन्तरिक द्वन्द्वका लागि हमासले सहयोग गरिरहेको थियो,” उनले भने।

“इरानले उसका लागि आवश्यक सामग्रीका लागि सहयोग गर्दै आएको छ। तर मेरो विचारमा उक्त आक्रमण ७५ प्रतिशत हमास नेतृत्वको स्वतन्त्र निर्णय थियो। “उनी इजरेलले पछिल्ला महिनाहरूमा हमासका अधिकारीहरूको गतिविधि निगरानी गरिरहेको बताउँछन्।

“हामीले सलेह अल-अरुरी (हमासका सैन्य विभाग प्रमुख) र अरू हमास नेताहरू लेबनन र इरानमा बाक्लै आउजाउ गरेको तथा (अयतोल्लाह) खामेनी लगायतसँग बैठकहरू गरेको देखेका छौँ,” उनले भने।

तर तोमरका अनुसार आक्रमणको समयबारे चर्चाका लागि यो प्रकारको “अन्तरङ्ग सम्बन्ध” मात्रै पर्याप्त छैन।

“इजरेलमा आन्तरिक द्वन्द्वका लागि हमासले सहयोग गरिरहेको थियो,” उनले भने।

“इरानले उसका लागि आवश्यक सामग्रीका लागि सहयोग गर्दै आएको छ। तर मेरो विचारमा उक्त आक्रमण ७५ प्रतिशत हमास नेतृत्वको स्वतन्त्र निर्णय थियो। ”
आक्रमणको निर्णय हमासले लिएको थियो
तेल अभिभ विश्वविद्यालयका इरान विज्ञ राज जिम्मत यो कुरामा सहमत छन्।

“यो प्यालेस्टाइनको कथा हो,” उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

वालस्ट्रिट जर्नलका अनुसार बेरुतमा सोमवार भएको बैठकमा इरानले आक्रमणका लागि सकारात्मक सङ्केत दिएको थियो।

हमास र हिजबोल्लाहका नाम खुलाउन नचाहने स्रोतले उक्त पत्रिकालाई इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले गत शनिवारको हवाई, स्थल र सामुद्रिक आक्रमणका लागि गत अगस्टबाट नै हमाससँग मिलेर काम गरिरहेको बताएका छन्।

हमास आक्रमणका भिडिओहरूले उक्त समूहले यसअघि गर्दै आएका अपरिपक्व आक्रमणहरूको तुलनामा परिष्कृत आक्रमण भएको देखाउँछ।

रकेट, ड्रोन, सवारी साधन र झुन्डिन मिल्ने यान्त्रिक ग्लाइडरहरूबाट एक साथ भएको आक्रमणले यो हमलामा सहभागीहरूले युक्रेनसहित हालै भएका अन्य मिश्रित युद्धहरूबारे अध्ययन भएको देखाउँछन्।

राजका बुझाइमा “प्यालेस्टाइनको वास्तविकताबाट उत्पत्ति भएको आफ्नो हितका आधारमा” आक्रमणको निर्णय हमासले नै लिएको थियो।

“हमासले इरानी सहायता स्वीकार गर्‍यो? पक्कै पनि गर्‍यो। उसले चाल्ने कदममा इरानको चासो छ? पक्कै छ। हमासलाई चल्नका लागि इरानको अनुमति चाहिन्छ? त्यो त चाहिँदैन।”
मोसादका पूर्व अधिकारी तोमर हमासले धेरै वर्षदेखि आफ्नो सभ्रान्त टोली बनाइरहेको बताउँछन्।

“तर उनीहरूले आफ्नो यसअघिको स्तर भन्दा धेरै उच्च तहको प्रदर्शन गरे,” उनी भन्छन्।

इरानी अधिकारीहरू अहिले अब के हुन्छ र इारनको सहभागिता थप खुला भयो भने के हुनसक्छ भन्नेबारे विमर्श गरिरहेका छन्।

इरानको सहयोगी लेबननको विद्रोही हिजबोल्लाहले यसअघिनै इजरेल नियन्त्रित गोलन हाइट्समा दुई वटा सानो स्तरका आक्रमण गरिसकेको छ।

इजरेली सैनिकले हेलिकप्टरको प्रयोग गरेर लेबनन भित्र निशाना बनाइएका ठाउँमा प्रहार गरिएको जनाएको छ।

हमासको सञ्चालनले मध्यपूर्वको अवस्था नै परिवर्तन गरिदिएको छ। यदि इजरेलको प्रतिक्रियाले हमासलाई महत्त्वपूर्ण चुनौती देखा परेको अवस्थामा इरान समन्वयको अवस्थाबाट प्रत्यक्ष सहभागिताको चरणमा जान बाध्य बन्नसक्छ।

इरान इजरेलसँग युद्धमा जान चाहँदैन
बीबीसी पर्सियतका केभान होसेनीका अनुसार इरानका सरकारी पोपागान्डा माध्यमहरूले इजरेलको अस्थित्व नभएको जस्ता सामग्री प्रसार गरिरहेका छन्।

उनीहरूले “आगामी २५ वर्ष भित्रमा इजरेलको अस्थित्व नहुने” भन्ने सर्वोच्च नेता खामेनीको भनाई प्रसार गरिरहेका छन्।

तेहरानको प्यालेस्टाइन स्क्वयरमा यसको प्रतिकात्मक दिनगन्ति गर्ने एउटा चिन्ह राखिएको छ। जसमा इजरेलको अस्थित्व समाप्त हुँदै गएको देखाइएको छ।

अधिकारीहरूको आक्रामक विचारका बावजुद यसलाई गम्भिर चुनौती नभएको बुझाई छ।
भू राजनीतिक परिवेसका बावजुद इजरेलको बढ्दो सैन्य शक्ति र अमेरिकाले दिएको साथका कारण युद्ध नहुने ठानिन्छ।

द्वन्द्व चर्किएको अवस्थामा इरानी सरकारलाई आन्तरिक चुनौतिहरूलाई बेवास्ता गर्न र धेरै खतरनाक द्वन्द्वमा सहभागि हुन कठिन हुने होसेनी बताउँछन्।

गत वर्ष इरानमा उत्पन्न प्रदर्शनले दशकौंपछि त्यहाँको सत्ताको लागि सबैभन्दा ठूलो अस्तित्वको खतरा खडा गरेको थियो। यसले शासनको वैधानिकताको कमजोर धरातल उजागर गरेको छ। यस्तो अवस्थाले प्यालेस्टाइनका सहयोगीहरूलाई समर्थन गर्ने शासनको क्षमतालाई पनि सीमित गर्न सक्छ।काठमाडौं,
(बीबीसी)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया