Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदोलखाका स्थानीय तहले भूकम्पपीडितलाई २० लाख सहयोग गर्ने

दोलखाका स्थानीय तहले भूकम्पपीडितलाई २० लाख सहयोग गर्ने


दोलखा । दोलखाका स्थानीय तहले जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्पपीडितलाई २० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन् । जिल्ला समन्वय समितिको कार्यालयमा बसेको स्थानीय तहका प्रमुख÷उपप्रमुखको बैठकले सो निर्णय गरेको हो ।

जिल्लामा दुई नगरपालिकासहित ९ वटा पालिका रहेका छन् । दुई नगरपालिकाले ३÷३ लाख रुपैयाँ र सात वटा गाउँपालिकाले २÷२ लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले जानकारी दिए । उनका अनुसार सबै स्थानीयतहले रकम जम्मा गरी एकमुष्टरूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम जिल्लामा ठूलो धनजनको क्षति भएको बताइएको छ । भूकम्पबाट दुई जिल्लामा गरी एक सय ५७ जनाको मृत्यु हुनुको साथै एक सय ६६ जना घाइते भएका थिए भने सयौं घर र दर्जनौं विद्यालय ध्वस्त भएका छन् । यस्तै, दोलखाको श्यामा निवासी नेपाली कांग्रेसका नेता जिपछिरीङ शेर्पाले पनि भूकम्पपीडितलाई ११ लाख रुपैयाँ सहयोग गरेका छन् ।


क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया