टेलिकमको आम्दानीमा गिरावट
काठमाडौं । नेपाल टेलिकमको आम्दानीमा गिरावट आएको छ । कम्पनीले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको वित्तीय विवरणअनुसार ३९ करोड रुपैयाँभन्दा बढी आम्दानी घटेको हो ।
टेलिकमको चालू आवको प्रथम त्रैमासिक अवधि (२०८० असोज मसान्त)सम्मको कुल आय १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रुपैयाँ रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कुल आयको तुलनामा तीन दशमलव ५४ प्रतिशतले कमी भएको हो ।
गत आवमा ११ अर्ब चार करोड ९० हजार रुपैयाँ आम्दानी भएको थियो । उक्त आम्दानीको तुलनामा चालू आवमा ३९ करोड १२ लाख ९७ हजार रुपैयाँ कम हो । यस्तै, कम्पनीको कुल सञ्चालन आय पनि ४९ करोड २५ लाख २१ हजार रुपैयाँ घटेको छ । चालू आवको प्रथम त्रैमासिक अवधिसम्मको कुल सञ्चालन आय आठ अर्ब ५८ करोड ५० लाख ६३ हजार रुपैयाँ रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कुल सञ्चालन आय नौ अर्ब सात करोड ७५ लाख ८४ हजार रुपैयाँ रहेको थियो । कम्पनीको कुल सञ्चालन आय ४९ करोड २५ लाख २१ हजार (अर्थात् पाँच दशमलव ४३ प्रतिशत) ले कमी भएको टेलिकमले जनाएको छ ।
यसैगरी, कम्पनीको खुद मुनाफा पनि कमी आएको छ । कम्पनीको खुद मुनाफा प्रथम तीन महिनामा दुई अर्ब दुई करोड ७४ लाख ३२ हजार रुपैयाँ रहेको छ । उक्त रकम गत आवको सोही अवधिमा दुई अर्ब २२ करोड ५५ लाख छ हजार रहेको थियो । गत आवको तुलनामा चालू आवमा १९ करोड ८० लाख ७४ हजार (अर्थात् ८.९० प्रतिशत) ले कमी भएको कम्पनीले जनाएको छ । यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी यस त्रैमासिक अवधिमा ४५ दशमलव शून्य पाँच रुपैयाँ रहेको छ । चालू आवमा राजस्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणमा ओटीटी सेवाको बढ्दो प्रयोग रहेको जनाइएको छ ।
राष्ट्रको सञ्चार भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागतसमेत बढिरहेको कम्पनीले जनाएको छ । सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएका कारणले सेवाको दररेटमा कटौती भई राजस्वमा प्रतिकुल असर पर्नुका साथै बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब कमी भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छ : अध्यक्ष ओली
- पत्रकार महिला क्षमता अभिवृद्धि तालिमको उद्घाटन
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया