Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकांग्रेसद्वारा शिक्षकमाथि भएको प्रहरी दमनको निन्दा

कांग्रेसद्वारा शिक्षकमाथि भएको प्रहरी दमनको निन्दा


काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकामा धर्नामा रहेका शिक्षकमाथि भएको प्रहरी दमनको नेपाली कांग्रेसले निन्दा गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले उक्त घटनाको छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

सिम्रौनगढ नगरपालिकाका ३२ वटा विद्यालयका १९० जना शिक्षकहरूले ६ महिनादेखि तलव नपाएपछि उनीहरु दुई महिनादेखि धर्नामा बसेको मुख्यसचिव पौडेलले जानकारी दिए । शान्तिपूर्ण रूपमा धर्ना बसेका शिक्षकहरूमाथि सुरक्षाकर्मीबाट दमन भएको कांग्रेसले जनाएको छ ।

बुधवार सुरक्षाकर्मीले नगरपालिकाको मुख्य द्वारमा धर्ना बसेका शिक्षकहरूमाथि हस्तक्षेप गरी गोली चलाउँदा सुृरक्षाकर्मीको गोली वागेर लक्ष्मीमुखिया विनको घटनास्थलमै मृत्यु हुनका साथै केही व्यक्तिहरू घाइते भएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया