Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउच्च अदालतमा ३९ नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण

उच्च अदालतमा ३९ नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण


काठमाडौ । उच्च अदालत पाटनका नवनियुक्त ३९ जना न्यायाधीशहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । आज(सोमबार) नवनियुक्त न्यायाधीशहरुले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलासमक्ष सपथ लिएका हुन् ।

न्याय परिषद्को यही पुस १८ गतेको बैठकले उच्च अदालतमा रिक्त ४० पदमध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो । उच्च अदालतमा नियुक्त भएका न्यायाधीशमध्ये २६ जना जिल्ला अदालतका न्यायाधीश रहिसकेका हुन् भने न्याय सेवा र सरकारी वकिलबाट चार जना अधिकृत न्यायाधीशमा नियुक्त भएका छन् । साथै, नौजना कानुन व्यवसायीबाट न्यायाधीश नियुक्त भएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया