Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारऋण तिर्ने कहिले ?

ऋण तिर्ने कहिले ?


काठमाडौं । मुलुकको कुल ऋण दायित्व २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिना अर्थात् यही पुस मसान्तसम्ममा आन्तरिक र बाह्य समेत गरी मुलुकले तिर्नुपर्ने ऋणको कुल दायित्व झण्डै २४ खर्ब रुपैयाँ पुगेको हो ।

कार्यालयका अनुसार पुस मसान्तसम्ममा मुलुकको आन्तरिक र बाह्य ऋणको सुरु मौज्दात २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो । जसमध्ये आन्तरिक ऋणतर्फको सुरु मौज्दात ११ खर्ब २९ अर्ब १० करोड ३८ लाख रुपैयाँ रहेको थियो भने बाह्य ऋणको सुरु मौज्दात ११ खर्ब ७० अर्ब २४ करोड ८७ लाख रुपैयाँ रहेको थियो । तर, पुस मसान्तसम्ममा सरकारले आन्तरिकतर्फ एक खर्ब २८ अर्ब ३१ करोड र बाह्यतर्फ ३४ अर्ब २७ करोड ४९ लाख रुपैयाँसमेत गरी कुल एक खर्ब ६२ अर्ब ५८ करोड ४९ रुपैयाँ ऋण लिएको छ । सोही ऋणको आधारमा चालू आवको पुस मसान्तम्ममा मुलुकको कुल ऋण दायित्व २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ पुगेको छ । तर, यो ऋण दायित्वमा सरकारले यस अवधिमा आन्तरिक ऋणको सावाँ भुक्तानीतर्फ ५९ अर्ब ३७ करोड ३२ लाख र बाह्य ऋणको साँवा भुक्तानीतर्फ १८ अर्ब सात करोड ९८ लाख रुपैयाँ समेत गरी कुल ७७ अर्ब ४५ करोड १४ लाख रुपैयाँ सावाँ भुक्तानी गरेको छ ।

ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिक र बाह्यतर्फको सोही सावाँ भुक्तानीको आधारमा चालू आवको पुस मसान्तसम्ममा मुलुकको तिर्न बाँकी रहेको ऋणको दायित्व २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ पुगेको हो । सोमध्ये आन्तरिक ऋणतर्फको तिर्न बाँकी दायित्व ११ खर्ब ९८ अर्ब चार करोड २२ लाख र बाह्य ऋणतर्फको तिर्न बाँकी ऋणको दायित्व ११ खर्ब ८६ अर्ब ४४ करोड ३८ लाख रुपैयाँ रहेको छ । कार्यालयका अनुसार सरकारले चालू आव सुरुभएदेखि यता आन्तरिक ऋणको लागि मात्र साउनमा २५ अर्ब ८४ कारेड ६९ लाख, भदौमा १५ अर्ब ७६ करोड ५३ लाख, असोजमा १४ अर्ब ९४ करोड ४३ लाख, कात्तिकमा आठ अर्ब ८३ करोड ३२ लाख, मंसिरमा पाँच अर्ब १७ करोड ५२ लाख र पुसमा २३ अर्ब २५ लाख रुपैयाँ समेत गरी कुल ९३ अर्ब ५६ करोड ६४ लाख रुपैयाँभुक्तानी गरिसकेको छ । आन्तरिक ऋणको लागि भुक्तानी गरिएको कुल रकममध्येमा सावाँतर्फ ५९ अर्ब ३७ करोड १६ लाख र ब्याजतर्फ ३४ अर्ब १९ करोड ४८ लाख रुपैयाँ रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार बाह्य ऋणतर्फ भने सरकारले चालू आव सुरु भएयता अर्थात साउनमा एक अर्ब ९० करोड ४० लाख, भदौमा चार अर्ब ३६ करोठ नौ लाख, असोजमा चार अर्ब ८८ करोड ५६ लाख, कात्तिकमा पाँच अर्ब ११ करोड ५८ लाख, मंसिरमा चार अर्ब ९३ करोड २१ लाख र पुसमा एक अर्ब ४६ करोड२६ लाख रुपैयाँ समेत गरी कुल २३ अर्ब एक करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको छ । बाह्य ऋणको लागि यसरी गरिएको कुल भुक्तानीमध्ये साँवा भुक्तानीतर्फ १८ अर्ब सात करोड ९८ लाख र ब्याज भुक्तानीतर्फ चार अर्ब ९३ करोड ४३ लाख रुपैयाँ रहेको छ । चालू आव सुरु भएयता सरकारले आन्तरिक तथा बाह्य समेत गरी साउनमा १५ अर्ब ७७ करोड ८४ लाख, भदौमा ३६ अर्ब ५० करोड ७७ लाख, असोजमा ६० अर्ब ५५ करोड ७० लाख, कात्तिकमा तीन अर्ब दुई करोड ९७ लाख, मंसिरमा २७ अर्ब ६३ करोड ९२ लाख र पुसमा १९ अर्ब सात करोड २९ लाख रुपैयाँ समेत गरी कुल एक अर्ब ६२ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ ऋण प्राप्त गरेको छ । यो ऋणमा आन्तरिक ऋणको हिस्सा एक खर्ब २८ अर्ब ३१ करोड र बाह्य ऋणको ऋणको हिस्सा ३४ अर्ब २७ करोड ४९ लाख रुपैयाँ रहेको कार्यालयको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया