Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


काठमाडौं,नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य बढाएको हो । बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले बिहीबार बिहान एक बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ, डिजेल–मट्टीतेलमा दुई रुपैयाँ र एलपी ग्यासमा १५ रुपैयाँ बढाइएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर पेट्रोलको मूल्य एक सय ७० रुपैयाँ र डिजेल–मट्टीतेलको मूल्य एक सय ५८ रुपैयाँ कायम भएको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ ५० पैसा र डिजेल–मट्टीतेलको मूल्य एक सय ५५ रुपैयाँ ५० पैसा तोकिएको छ । सुर्खेत र दाङका लागि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ रुपैयाँ र डिजेल–मट्टीतेलको एक सय ५७ रुपैयाँ तोकिएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य देशैभर प्रतिसिलिन्डर एक हजार नौ सय १० रुपैयाँ कायम भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया