Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशअन्तर्राष्ट्रियस्तरको चिया सम्मेलन गर्न कोशी प्रदेश र एनआरएनबीच सहकार्य

अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलन गर्न कोशी प्रदेश र एनआरएनबीच सहकार्य


काठमाडौं । कोशी प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलन गर्ने भएको छ । नेपालमा उत्पादित चियालाई विश्व बजारमा व्यापक प्रचार–प्रसार गरी बिक्री वितरण र निकासीलाई प्रवर्द्धन गर्न कोशी प्रदेशले अन्तर्राष्ट्रियस्तरको चिया सम्मेलन गर्न लागेको हो ।

आगामी जुन २१ देखि २३ सम्म आयोजना हुने सम्मेलनलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि सहयोग गर्ने भएको छ । संघले प्रदेश सरकारसँग सहकार्य गर्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेको छ । कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा सरोज कोइराला र गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । संघका अध्यक्ष डा केसीले सम्मेलनका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग संघले उपलब्ध गराउने बताए । साथै संघले विभिन्न देशबाट सम्मेलनमा सहभागी हुन चाहने चिया खरिद, बिक्रीकर्तालगायतलाई नेपाल आगमनका लागि सहज वातावरण बनाउन आवश्यक समन्वय गर्ने बताइएको छ ।

संघ र प्रदेश सरकारबीच भएको सहमतिपत्रमा नेपालमा उत्पादित चियालाई विश्व बजारमा परिचित गराउन बढीभन्दा बढी चियाको माग सिर्जना गरी उत्पादन, बिक्री वितरण र निकासीलाई समेत प्रवद्र्धन गर्नेलगायतमा विषयमा सहकार्य गर्ने उल्लेख गरिएको छ । यस्तै, आयोजित सम्मेलनमा प्राप्त भएका राय सुझाव तथा सम्बन्धित सरोकारवाला पक्षबाट प्राप्त प्रतिबद्धतालाई लिपिबद्ध गरी अभिलेखीकरण गर्ने कार्यमा प्रथम पक्षलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता संघले जनाएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया