Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदगणेशमान सिंह स्मृति बाटिकामा बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति

गणेशमान सिंह स्मृति बाटिकामा बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति


काठमाडौं, गणेशमान सिंह स्मृति बाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिमा नयाँ कार्यसमिति गठन भएको छ । समितिको यही फागुन १९ गते सम्पन्न भएको छैटौँ वार्षिक साधारणसभाले बाटिकाको विधान २०५४ को धारा १६ (१) बमोजिम माथवर सिंह बस्नेतको सभापतित्वमा नयाँ कार्यसमिति गठन गरेको हो । संस्थाका अनुसार कार्यसमितिको उपसभापतिमा अन्जना मधिकर्मी, महासचिवमा जगन्नाथ कार्की, सचिवमा पूर्ण नेपाली बिसुंके, कोषाध्यक्षमा श्रीकृष्ण राउत रहेका छन् । यसैगरी कार्यसमिति सदस्यहरूमा कविर राणा, पुरुषोत्तम लुइटेल, विदुरमान सिंह बस्नेत, भेषबहादुर कार्की, राजकुमार ट्वाँटी, उदयराम श्रेष्ठ, किरण शर्मा, अंगद खड्का, दिलिप केसी, रिता पाख्रिन, सविन ढुंगेल रहेका छन् । संस्थाका अनुसार कार्यसमितिमा १६ जना सदस्य छन् ।

साधारणसभामा विशेष आमन्त्रित सदस्यहरुमा दुर्लभ थापा (सांसद, प्रतिनिधिसभा, भक्तपुर २), सुरेश श्रेष्ठ (सांसद बाग्मती प्रदेशसभा, भक्तपुर १), बाशुदेश थापा (प्रमुख सूर्यविनायक नगरपालिका, भक्तपुर), सुरेन्द्र श्रेष्ठ (प्रमुख मध्यपुर नगरपालिका भक्तपुर), जीवन खत्री (चाँगुनारायण नगरपालिका भक्तपुर), पूर्वमन्त्री कृष्ण भँडेद, पूर्वराज्य मन्त्री रजनी जोन्छे, सुनपा ५ का वडा अध्यक्ष राजकुमार जोशी र सुनपा ६ का वडा अध्यक्ष ईश्वर खड्का थिए । संस्थाको कानुनी सल्लाहकारमा अधिवक्ता शेषांश गिरी चयन भएका छन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखरपुरुष तथा २०६४ सालको सफल ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको स्मृतिमा स्थापना भएको यो संस्थाले नयाँ कार्यसमिति गठन भएसँगै थप उचाइ लिने सदस्यहरूको विश्वास छ ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया