Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकोशी प्रदेश सरकारका तर्फबाट अग्निपीडितलाई आर्थिक सहयोग

कोशी प्रदेश सरकारका तर्फबाट अग्निपीडितलाई आर्थिक सहयोग


भोजपुर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरी प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेका छन् । स्थलगत अनुगमनका लागि प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राई पनि मुख्यमन्त्री कार्कीका साथमा गएका थिए ।

यही चैत ३ गते हतुवागढी–७ पात्लेपानीमा आगलागीमा परी पाँच वर्षीय प्रनिष कार्की, सात वर्षीया दिप्सिका कार्की र तीन वर्षीय दिउनिस कार्कीको मृत्यु भएको थियो । सो आगलागी मृत्यु भएका बालबालिकाका परिवारलाई प्रतिपरिवार एक लाखका दरले आर्थिक सहयोग गरिएको छ ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत राहत हस्तान्तरण गर्ने भए पनि पीडित परिवारलाई चाँडो सहयोग गर्ने उद्देश्यले घरमै आएर रकम दिएको बताए । मानवीय क्षतिको अगाडि आर्थिक सहयोग नगन्य हुने भएता पनि पीडित परिवारलाई केही राहत होस् भन्ने ठानेर रकम प्रदान गरिएको उनले बताए ।

मुख्यमन्त्री नेतृत्वको टोलीले भोजपुरलाई तराईका जिल्लासँग हतुवागढी गाउँपालिका–९ हसनपुर र वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भइरहेको पुलको अनुगमन गरेको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार

तपाईको प्रतिक्रिया