नेपालगञ्ज । हनुमान जयन्तीको अवसरमा नेपालगञ्ज उमहानगरपालिका–२ स्थित हनुमानगढीमा तीन दिने हनुमान जयन्ती सुरु भएको छ ।
हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदिप भट्टराईले अखण्ड रामायण पाठ, अष्टयाम सङ्र्कीतन एवं निशान पुजनसहित सुरु भएको सो हनुमान जयन्तीमा भारतको अयोध्याबाट आएको १२ जनाको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायत कथा प्रवचन गर्ने जानकारी दिए ।
उनले काठमाडौँ, विराटनगर, बुटवल, सुर्खेत, सल्यान, भारतको बहराइच, सेरावस्ती, गोन्डा लगायतका क्षेत्रबाट भक्तजनको सहभागिता रहने उल्लेख गर्दै निरन्तर होम हुने बताए । हनुमान जयन्तीको अन्तिम दिन शोभा यात्रापछि करिब १५ हजारका लागि भण्डारा (भोजन) को समेत व्यवस्थापन गरिएको छ ।
हनुमानगढीका थानापति महन्थ उमेश गिरीले यस्तो पवित्र स्थानमा भौतिक संरचनाको विकास नभएको गुनासो गर्दै ३० वर्षदेखि गुरुजीले चरण राखेर गौशालाको रुपमा विकास भएको बताए ।
“अहिलको कलियुगमा हनुमानजीको चमत्कार जहाँ पनि हुन्छ”, उनले भने । विगतको फोहर व्यवस्थापन गर्ने, कुस्ती खेल्ने ठाउँ रहेको र बाल्दा नामको ऐतिहासिक तलाउ रहेको तर ऋषिमुनीको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको स्थानका रुपमा रहेकाले यसको महिमा बढेको महन्त गिरीले जानकारी दिए ।
धार्मिक क्षेत्रमा हनुमानगढीको गरिमा बढदै जाँदा यसले धार्मिक पर्यटनमा टेवा पुगेको हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव विश्वराज तिवारीले उल्लेख गरे । उनले भारतदेखि साधुसन्तको आगमन हुने जानकारी दिँदै वर्सेनि हनुमान जयन्तीलाई आस्थाको केन्द्रका रुपमा मनाउन थालिएको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानसेनापति ट्रफी सुरु
- स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते
- प्रसारणलाइन निर्माणको जिम्मा निजी क्षेत्रलाई दिनेगरी कानुनी व्यवस्था गर्ने
- सडक दुर्घटनाको दिगो नियन्त्रणका लागि प्रधानमन्त्रीलाई आग्रह
- सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली
- उत्पादनमूलक काममा लाग्न घरजग्गा व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
- मोदीको प्राथमिकता विज्ञान, प्रविधि र सुरक्षामा
- भारतमा अडानी समूहले ६६ सय मेगावाट बिजुली आपूर्ति गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया