अनुसन्धानका क्रममा रहेका विषयको समाचार लेख्दा संयम बन्न आग्रह
काठमाडौँ, नेपाल प्रहरीले अनुसन्धानका क्रममा रहेका विषयको समाचार लेख्दा संयम बन्न आग्रह गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागले आज यहाँ आयोजना गरेको ‘आपराधिक घटनाको समाचार सम्प्रेषण’सम्बन्धी सञ्चारकर्मीसँग गरेको अन्तक्र्रियामा अपराध अनुसन्धानका क्रममा रहेका घटनाको समाचार लेख्दा संयम बन्नुपर्नेमा जोड दिइयो ।
अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले आंशकाका भरमा कसैको सङ्लग्नताबारे समाचार सम्प्रेषण गर्दा भ्रम सिर्जना हुने भन्दै यस्ता प्रकृतिका समाचार सम्प्रेषणमा विशेष ध्यान दिनुपर्ने बताए ।
“तथ्यमा आधारित नभएका समाचार जथाभावी रुपमा सम्प्रेषण गर्दा आम जनताप्रति भ्रम सिर्जना भएको छ, यस्ता समाचार सम्प्रेषणमा विशेष ध्यान दिन जरुरी छ”, उनले भने । एआईजी तामाङले प्रहरीले आम जनसरोकारका विषय सञ्चारमाध्यमलाई प्रदान गर्दैै आइरहेको उल्लेख गरे ।
नेपाल प्रेस काउन्सिलका आचारसंहिता अनुगमन शाखा प्रमुख महेन्द्रराज सिंहले काउन्सिलले प्रेस काउन्सिल ऐन २०४८ बमोजिम आचारसंहिता निर्माण गरी सञ्चारमाध्यमको अनुगमन गर्दै आइरहेको उल्लेख गरे । “जनशक्तिले भ्याएसम्म आचारसंहिता उल्लङ्घन गर्दै आएका सञ्चारमाध्यमलाई प्रेस काउन्सिलले कारबाही गर्दै आइरहेको छ” उनले भने ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी शाखा अधिकृत शारदा चालिसेले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषणमा मन्त्रालयले काम गरिरहेको बताए । उनले सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्का निर्णयलाई आम जनतासमक्ष पु¥याउनका नियमित पत्रकार सम्मेलन गर्दै आइरहेको उल्लेख गरे ।
कार्यक्रममा उपस्थित सञ्चारकर्मीले सूचना लुकाउँदा आम जनताको सुसूचित हुने हकको हनन हुने भएकाले समाचार दिँदा कन्जुस्याईँ गर्न नहुनेमा जोड दिएका थिए ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पेट्रोलियम पदार्थको मूल्य घट्यो
- क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा
- डिल्लीराम खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश
- मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
- निर्दोष ठहरिए सन्दीप लामिछाने, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
- सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै
- मिडिया बचाउने गरी सुविधा दिन सरकारसँग माग, मिडियाका समस्या सम्बोधन हुन्छन् : प्रधामन्त्री
- प्रचण्ड–ओलीबिच छलफल सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया