Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआगूऔषध सहिति ७ जना पक्राउ

आगूऔषध सहिति ७ जना पक्राउ


काठमाडौं । प्रहरीले लागूऔषध सहित देशका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार अवैध लागूऔषध सहित सुनसरीबाट तीन जना कैलालीबाट तीन जना र कपीलवस्तुबाट एक जनालाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार सुनसरीको भोक्राह नरसिंह गाउपालिका ६ बाट ब्राउन सुगर सहित सुनसरीबाट दुई जना प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका ९ का नरेश विश्वकर्मा र भोजपुरको हतुवागढी गाउँपालिका ९ का समुएल राई रहेको प्रहरीले जनाएको छ । त्यस्तै सुनसरीकै धरान उपमहानगरपालिका ८ बाट एक ग्राम पाँच सय मिलिग्राम ब्राउन सुगर सहित सोहि ठाउँका साजन विकलााई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यता कैलालीको धनगढी उपमहानगर पालिका ८ बाट एक जना र १३ बाट दुई जना गरी तीन जनालाई पनि प्रहरीले ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगर पालिका वडा नमबर १३ का उमेश राना र रुस्तम राना रहेका छन् । त्यस्तै धनगढी उपमहानगर पालिका वडा नम्बर १७ बाट ७० मिलि ग्राम ब्राउन सुगर जस्तो पदार्थ सहित बिनोद चोधरी पक्राउ परेका छन् ।

त्यसै गरी कपिलवस्तुको बाणगंगा नरपालिका वडा नम्बर ५ सय ९० मिलिग्राम ब्राउन सुगरजस्तो पदार्थ सहित जानकी चौधरीलाई पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध

तपाईको प्रतिक्रिया