Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनीति तथा कार्यक्रम बहुमतले पारित

नीति तथा कार्यक्रम बहुमतले पारित


काठमाडौं । सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका बीच राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव गरेका थिए । बैठकमा प्रधानमन्त्री दाहालले ‘राष्ट्रपतिले २०८१ जेठ १ गते मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए । नीति तथा कार्यक्रममाथि राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले दुईवटा संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

सदन अवधिभर कांंग्रेस सांसदहरूले जबरजस्ती गरिएको भन्दै नाराबाजी गरेका थिए । कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै उनीमाथि संसदीय समिति गठन गरी छानबिन हुनुपर्ने माग गर्दै सदनमा विरोध प्रदर्शन गर्दै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x