Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएफक्यान र एफएनसीसीआईको संयुक्त टोलीद्वारा भौतिकमन्त्री नेम्वाङसँग भेट

एफक्यान र एफएनसीसीआईको संयुक्त टोलीद्वारा भौतिकमन्त्री नेम्वाङसँग भेट


काठमाडौं  ।
नेपाल निर्माण व्यवसायी महासंघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त प्रतिनिधिमण्डलले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई भेटी व्यवसायीहरूका समस्या र समाधानका उपायबारे जानकारी गराएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मूल्यअभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुट, शान्ति सुरक्षा, योजना हस्तान्तरण, क्रेडिट लाइन कमिसन, मूल्यवृद्धि, कोभिड–१९ को मापदण्ड, कानुन संशोधनलगायतका विषयमा मन्त्री नेम्वाङको ध्यानाकर्षण गराउँदै समस्या समाधानका उपाय समेत पेश गरेको छ ।

जवाफमा मन्त्री नेम्वाङले व्यवसायीहरूका समस्या तत्काल समाधान गर्न सरोकारवाला निकायहरूसँग छलफल गरिने बताए । म्याद थपबारे समस्या समाधानका लागि केही कानुनी जटिलता भएको हुँदा कानुन नै संशोधन गर्ने मन्त्री नेम्वाङले जानकारी दिए । महासंघले विगतदेखि नै निर्माण क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको छ ।

प्रतिनिधिमण्डलमा नेपाल उद्योग वाणिज्य महासंघका सहरी विकास समितिका संयोजक मिनमान श्रेष्ठ, निर्माण व्यवसायी महासंघका उपाध्यक्षहरु आङदोर्जी लामा (एडी), पेम्वा लामा शेर्पा, धिरेन्द्र दाहाल, महासचिव रोशन दाहाल, उपामहासचिव टंक प्रसाद चौलागाईं, कोषाध्यक्ष हिरण कुमार श्रेष्ठ, कार्यसमिति सदस्यहरु प्रमोद लामिछाने, यज्ञ प्रसाद खतिवडा, वीर बहादुर साउद, कमल उप्रेती, वाग्मती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष सुवित श्रेष्ठ, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया