Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकले भन्यो– ट्रष्ट रिसिप्ट कर्र्जाको अधिकतम सीमा ९० दिन मात्र

राष्ट्र बैंकले भन्यो– ट्रष्ट रिसिप्ट कर्र्जाको अधिकतम सीमा ९० दिन मात्र

राष्ट्र बैंकद्वारा क्रिप्टोकरेन्सीको कारोबार नगर्न निर्देशन


काठमाडौँ ।नेपाल राष्ट्र बैंकले ट्रष्ट रिसिप्ट अर्थात् टीआर लोनको अधिकतम कर्जा सीमा ९० दिन तोकेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।राष्ट्र बैंकका अनुसार टीआर लोन, बिल्स डिस्काउन्टिङ, वा त्यस्तै प्रकृतिका आयात कर्जा प्र्रदान गर्न अधिकतम ९० दिनसम्मको अवधिका लागि मात्र प्रवाह गर्न पाइनेछ । राष्ट्र बैंकले सोही परिपत्रमार्फत कोभिड १९ बाट अतिप्रभावित क्षेत्रहरुमध्ये होटल, ट्राभल, टे«किङ र हवाइ सेवाजस्ता बाह्य पर्यटकहरुमा निर्भर रहनुुपर्ने व्यवसायीलाई परेको कोभिड १९ को असर मूल्यांकन गरी २०७९ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने सावाँ तथा ब्याज दायित्वलाई छुट्टै हिसाब राखी दुई वर्षसम्म कम्तीमा चार किस्तासम्म असुली गर्ने व्यवस्था मिलाउनुपर्नेछ । परिपत्रअनुसार यस्तो ब्याजलाई पुँजीकरण गर्न पाइनेछैन भने थप हर्जना तथा पेनाल नलाग्ने व्यवस्था गर्नुपर्नेछ ।

राष्ट्र बैंकले सोही दिन पुनः अर्को परिपत्र जारी गर्दै नेपालको कुुनै पनि बैंकले युसान्स आयात प्रतीतपत्रको कागजात (एलसी डकुमेन्ट) डिस्काउन्ट गर्न नपाइने जनाएको छ । परिपत्रअनुसार उद्योग स्वयंले आफ्नो प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ र मेसिन तथा अन्य यन्त्र उपरकण आयात गर्दाको प्रतीतपत्र भुक्तानी गर्ने प्रयोजनको लागि अधिकतम ९० दिनसम्मको लागि बैंकहरुले आयातकर्तालाई परिवत्र्र्य विदेशी मुद्रामा ऋण दिन सक्नेछन् । यस्तो ऋणमा लिने ब्याजदर बैंकहरु आफैँले निर्धारण गर्नसक्ने जानकारी राष्ट्र बैंकले दिएको छ ।
परिपत्रअनुसार राष्ट्रिय गौरवका आयोजनाहरुले र राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना निर्धारण गर्ने मापदण्ड २०७५ बमोजिम तोकिएका राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाहरुले सेवा लिएबापत विदेशी संंस्थाहरुलाई गर्ने भुक्तानीको लागि (भारतमा भारतीय रुपैयाँ समेत) वाणिज्य बैंकहरुले सोझै सटही सुविधा प्रदान गर्न सक्नेछन् । यसको लागि सम्बन्धित आयोजनाहरुले आयोजना दर्ता प्रमाणपत्र र करदाता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, पछिल्लो लेखा प्रतिवेदन, काम सम्पन्न भएको पुष्टि हुुने कागजातहरु लगायतका कागजपत्र पेस गर्नुपर्ने राष्ट्र बैैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकद्वारा क्रिप्टोकरेन्सीको कारोबार नगर्न निर्देशन
नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कुनै पनि प्रकारको  सञ्चालनमा नरहेको प्रस्ट पारेको छ । बिहीबार सूचना जारी गर्दै राष्ट्र बैंकले भनेको छ, ‘नेपालमा कुुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग, माइनिङ गैरकानुुनी रहेकाले यस्ता प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ नगर्न र नगराउन विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ अनुसार निर्देशन दिइएको छ ।

हालका दिनहरुमा क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङजस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने, गराउने समेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारणहरु ठगिएको र ठगिन सक्ने देखिएको राष्ट्र बैंकले जानकारी दिएको छ । सोही कारण राष्ट्र बैंकले यस्तो कारोबार नगर्न निर्देशन दिएको र निर्देशनविपरीत यस्तो कारोबार गरिएको पाइएमा कानुनबमोजिम सजाय हुने जानकारी राष्ट्र बैैंकले दिएको छ । यसैबीच राष्ट्र बैंकले बिहीबार ३० अर्ब रुपैयाँबराबरको रिपो जारी गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपराह्न ३ बजेसम्ममा उक्त परिमाणमा रिपो जारी गरिएको हो । रिपोको परिपक्व हुने अवधि भने १४ दिन अर्थात् असोज ७ गतेसम्म तोकिएको छ । रिपो खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया