काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ३२ दसमलव २२ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार भने ३७ दसमलव १८ अंकले ओरालो लागेर २५ सय आठ दसमलव ९० बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज छ दसमलव ८५ अंकले ओरालो लागेर चार सय ७४ दसमलव १३ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३१ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसअन्तर्गत ४९ हजार सात सय ४१ पटकको कारोवारमा ८३ लाख ३० हजार ९३ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोवार रकम तीन अर्ब १२ करोड ८३ लाख ४१ हजार सात सय रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल १३ वटा उपसमुहहरु मध्ये दुई वटा उपसमुहहरुको सुचक बढेका छन् भने बाँकी ११ वटा उपसमुहहरुको सुचक घटेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया