Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारशेयर बजार परिसुचक २६ सय ६८ बिन्दुमा

शेयर बजार परिसुचक २६ सय ६८ बिन्दुमा


काठमाडौं । शेयर बजार परिसचुक सामान्य अंकले उकालो लागेको छ । अघिल्लो दिन एक सय एक अंकले उकालो लागेको शेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने शुन्य दशमलव १५ अंकले उकालो लागेर २६ सय ६८ दशमलव ११ बिन्दुमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दशमलव शुन्य पाँच अंकले ओरालो लागेर पाँच सय नौं दशमलव ८५ बिन्दुमा झरेको छ ।

आज १३ वटा उपसमुहरु अन्र्तगत दुई सय २० वटा कम्पनीहरुको शेयर खरिद बिक्री भएका छन् । जसअनुसार १८ हजार पाँच सय ९७ पटकको कारोबारमा २३ लाख ४९ हजार १० कित्ता शेयर खरिद बिक्री भएको छ । सोही आधारमा आज कुल कारोबार रकम एक अर्ब ३४ करोड २२ लाख ३२ हजार आठ सय ३९ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएको कुल उपसमुहहरु मध्ये छ वटा उपसमुहको सुचक उकालो लागेका छन् भने सात वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया