Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएसपीपीमा संलग्न हुने सोच समेत छैन : गृहमन्त्री

एसपीपीमा संलग्न हुने सोच समेत छैन : गृहमन्त्री


काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सँग आबद्ध हुने सोचसमेत नराखेको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् । नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन हुँदैन भन्नेमा नेपाल सरकार दृढ रहेको गृहमन्त्री खाणले स्पष्ट पारे ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले एसपीपी कार्यक्रममा नेपाल आबद्ध नै नभएको जिकिर गरे । यससम्बन्धी कुनै निर्णय नगरेको र निर्णय गर्ने सोच नै राखेको उनको दाबी छ । नेपालको राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको विषयमा संविधानमा व्यवस्था भएअनुसार नेपाल सरकारले काम गरिरहेको उनले बताए । नेपाल र अमेरिकाबीच पहिलेदेखि नै सद्भावना भ्रमण जारी रहेको र दैनिक सहयोग आदानप्रदान भइरहेको तथा यसअघिका भ्रमण र सहयोग विगतको निरन्तरता रहेको उनले बताए ।

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको रक्षामन्त्रालयका तर्फबाट जवाफ दिने क्रममा उनले विदेशी पाहुना आउनेबित्तिकै नआत्तिन सांसदहरूलाई आग्रह गरे । एमसीसी सम्झौतापश्चात् अमेरिकी चलखेल बढेको भन्ने सांसदहरूको प्रश्नमा उनले एमसीसी र एसपीपी फरक रहेको बताए ।

एमसीसी सम्झौता सहमतिमै पास भएको र एसपीपीमा नेपालको कुनै संलग्नता नरहेको उनले स्पष्ट पारे । एमसीसी कुनै सैन्य परियोजना नभई विकास परियोजना भएको भन्ने सोचका साथ नै अघि बढाइएको उनको भनाइ थियो । ‘एसपीपीमा हामी संलग्न हुँदै हुँदैनौँ भनिरहेका छौँ, हिजो एमसीसीमा पनि जे बोल्यौँ त्यही ग¥यौँ, आज पनि जे बोल्छौँ त्यही गर्छौँ’, गृहमन्त्री खाँणले भने, ‘यो स्टेट पार्टनरसिप प्रोग्राममा नेपाल संलग्न हुँदैन हुँदैन हुँदैन ।’

यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको कार्यक्रम अहिलेसम्म सुनिश्चित भई नसकेको बताए । सांसदहरूले भ्रमणको विषय स्पष्ट पार्नुपर्ने माग राखेपछि उनले कार्यतालिका बनेपछि सदनलाई जानकारी दिने उल्लेख गरे । विभिन्न देशका निम्तोमा प्रधानमन्त्री, मन्त्रीहरू बेला–बेलामा भ्रमणमा जाने कुरा स्वाभाविकै भएको उनको भनाइ थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया