सांसदहरूसँग निलम्बित प्रधानन्यायाधीश राणा खरो रुपमा प्रस्तुत
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाभियोग सिफारिस समितिको बैठकमा सांसदहरुप्रति खरो रुपमा प्रस्तुत भएका छन् । बुधबार उनले प्रश्न गर्ने प्रत्येक सांसदहरुलाई करिब–करिब नाजवाफ पारेका छन् ।
समितिको यही भदौ ८ गतेको बैठकले बयानका लागि बुधबार बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयानुसार राणा बुधबार समितिमा आएका थिए । राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।
राणाले महाभियोग प्रस्ताव नै समयको कारण खारेज भइसकेको दाबी गरेका थिए भने नेपाल बार एसोसिएसनका अध्यक्ष र महासचिवले सर्वोच्चको न्यायाधीश हुन यो षड्यन्त्र गरेको दाबी गरेका थिए भने केही न्यायाधीशहरुले गरेका बार्गेनिङ पनि उनले सुनाएका थिए । राणा बयानका लागि सिंहदरबारस्थित समितिको बैठक कक्षमा आउँदा निडर रुपमा प्रस्तुत भएका थिए । उनले प्रत्येका सांसदलाई क्रस प्रश्न नै गर्न नसक्ने गरी उत्तर दिएका थिए ।
संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे । राणाविरूद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।
ती सबै प्रश्नहरु आरोपका लागि आरोपको रुपमा मात्र आएका दाबी राणाले गर्दै उनले चारवटा प्रश्नको मात्र जवाफ दिँदा सांसदहरु नै हायलकायल भएका छन् । समितिले ४३ वटा प्रश्न सोध्ने तयारी गरेका छन् । तर, राणाले आफू कमजोर भएको र आफूबाट कमजोरी भयो भने कतै पनि बोल्ने देखिएको छैन । उनले प्रत्येक प्रश्नको कडा प्रतिवाद गरेका छन् । राणाले बालुवाटार जग्गा प्रकरणको फैसला तोकिएपछि महाअभियोग लाग्नुले केही नेताहरु आफ्नाविरुद्ध योजनाबद्ध लागेको दाबी गरेका थिए भने दिपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूलाई राजीनामा गराउने प्रयास गर्दा असफल भएपछि महाअभियोग लगाएको दाबी गरेका थिए । समितिले बिहीबार पनि उनलाई बयानका लागि बोलाएको छ ।
क्याटेगोरी : breaking, समाचार
ताजा अपडेट
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
- तलब, पेन्सन र सामाजिक सुरक्षाको रकम वृद्धि सरकारका लागि घाँडो
- २१ सय ११ बिन्दुमा खुम्चियो सेयर बजार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया