काठमाडौं । दोस्रो नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन विभिन्न नौ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले युवा उद्यमशीलता प्रवद्र्धनका लागि स्टार्टअप निति ल्याउनुपर्ने र युवाहरुको नवप्र्रतनीय सोच माथी लगानी गर्न छुट्टै आइडिया बैंक स्थापना गर्नुपर्ने माग गरेको छ ।
बागमती प्रदेश सरकार, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको सयुक्त आयोजना मंगलबार सम्पन्न सम्मेलनले स्टार्टअप इकोसिस्टम निमार्णमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने, नेपाली उत्पादन र सोचलाई संघीय, प्रदेश र स्थानीय तीन वटै सरकारले प्राथमिकता दिनुपर्ने, स्टार्टअपका लागि परियोजना धितो राखेर लोन दिने व्यवस्था गर्नुपर्ने र यसको प्रक्रिया सर्वसुलभ र झन्झटरहित हुनुपर्ने निष्कर्ष निकालेको छ । सरकारले दिने सहुलियतपूर्ण कर्जा सही ठाँउमा जानुपर्ने सुझाव पनि दिएको छ ।
सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए भने समापन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गरेका थिए । सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले बैंक, वित्तीय संस्था, प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल र विभिन्न प्राइभेटमार्फत नेपालमा युवा उद्यमशीलता प्रवद्र्धन हुँदै गएको सन्दर्भ उल्लेख गदैं आगामी दिन नेपालको युवा उद्यमका लागि सकारात्मक रहेको निष्कर्षसमेत निकालेको जानकारी दिए । युवा उद्यमका चुनौती र अवशर दुवै भएकोले चुनौतीलाई अवशरमा बदल्न डिजिटल मैत्री उद्यमको परिकल्पनामा राष्ट्रिय युवा परिषद् रहेको परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।
सम्मेलनमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, पूर्वअर्थमन्त्री सु्रेन्द्र पाण्डे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, प्रधानमन्त्रीका आइटी सल्लाहकार दिपेश बिष्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष पुरुषोत्तम खनाल, वरिष्ठ उद्यमी पवन गोल्यान, हरिभक्त शर्मा, भवानी राणालगायतले विभिन्न सेसनमा आफनो धारणा राखेका थिए । त्यसैगरी उद्यमी रञ्जीत आचार्य, मौसमी श्रेष्ठ, बैकर किरण कुमार श्रेष्ठ, मनोज ज्ञवाली, प्रविन बस्नेत, डा. नरबहनदुर बिष्ट, डा.छिरिङ् लामा, इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीलगायतका वक्ताहरुले उद्यमशीलताका अनुभव, धारणा र अहिलेको अवस्थाका सम्बन्धमा युवाहरुसँग अन्तरक्रिया गरेका थिए ।
युवाहरुको नवीन ज्ञान, सोच, सीप वा प्रविधिको प्रयोग गरेर युवाहरुले पनि बजारको सम्भाव्यता अध्ययन गरेर नयाँ आइडिया ल्याउनुपर्र्ने सम्मेलनको निष्कर्ष रहेको छ । सम्मेलनमा ५५ जिल्लाका युवा उद्यमी र युवा उद्यमी बन्न चाहने करिब ४ सय युवाहरुको सहभागीता रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया