बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार ललितपुरको गोदावरी १ घर भई हाल ललितपुरकै कुमारीपाटी बस्दै आएका ३७ वर्षीय रन्जित खड्कालाई पक्राउ गरिएको हो ।
रुपसिंह बुढाथोकीले जाहेरीले प्रतिवादी ललितपुर जिल्लाको साबिक गोदामचौर गाविस वडा नं. ६ हाल परिवर्तित गोदावरी नगरपालिका वडा नं १ घर भई हाल कुमारीपाटी बस्ने खड्कालाई आइतबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता एवं सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।
प्रवक्ता कोइरालाका अनुसार खड्काउपर बैंकिङ कसुर मुद्दामा २० लाख ५० हजार बिगो कायम रहेको छ । पक्राउ परेका खड्कालाई थप अनुसन्धान तथा कारबाहीको लागि आइतबार नै जिल्ला प्रहरी परिसर टेकु पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालको वैदेशिक व्यापार : निर्यात प्रवर्द्धनको आवश्यकता
- नवउद्यमीलाई बजारीकरणमा प्रविधिको प्रयोग गर्न आग्रह
- सुशासन सपना र भाषणमै सीमित
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया