Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआन्तरिक राजस्व कार्यलय विराटनगरको राजस्व सङ्कलनमा वृद्धि

आन्तरिक राजस्व कार्यलय विराटनगरको राजस्व सङ्कलनमा वृद्धि


विराटनगर,विश्व बजारसहित मुुलुुकमा कोरोना महामारीले आर्थिक क्षेत्रलाई तहसनहस बनाएको बेलामा पनि आन्तरिक राजस्व कार्यालय विराटनगरको राजस्व सङ्कलनमा वृद्धि भएको छ । गत आर्थिक वर्षभन्दा चालू आर्थिक वर्षको पहिलो छ महिनामा कार्यलयको राजस्व सङ्कलन २४ प्रतिशतले वृद्धि भएको हो ।

आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष ०७९÷०८० को छ महिनामा सङ्कलन गरेको राजस्वको तथ्याङ्क हेर्दा क्रमशः राजस्वमा वृद्धि हुँदै गएको देखिए पनि आफ्नो लक्ष्यअनुसारको राजस्व सङ्कलन भने गर्न सकेन । कार्यलयले चालू वर्षमा आफ्नो लक्ष्यको ७५ दशलमव ५ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सफल भएको छ ।

कार्यालयले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा चार अर्ब ४८ करोडको लक्ष्य लिएकोमा तीन अर्ब ३९ करोड राजस्व सङ्कलन गरेको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डिबी क्षेत्रीले जानकारी दिए । यो राजस्वको वृद्धिदर गत आर्थिक वर्षको भन्दा २४ प्रतिशतले बढी हो । अहिलेको प्रतिकूल आर्थिक अवस्थामा आराका विराटनगरले गतवर्षभन्दा २४ प्रतिशत राजस्व वृद्धि गर्न कार्यालय सफल भएको भनाइ प्रमुुख कर अधिकृत क्षेत्रीको थियो ।

कोभिड १९ का कारण लकडाउनको समयदेखि नै मदिराजन्य उद्योगदेखि सुुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालन हुुँदै आएका उद्योगहरू पूर्ण क्षमतामा नचल्दा गएको छ महिनामा लक्ष्यअनुुसारको राजस्व सङ्कलन नभएर कम राजस्व उठेको दाबी प्रमुख क्षेत्रीको थियो । यस्तै आराकाले छ महिनामा आयकरबापतको राजस्व सङ्कलन पनि लक्ष्यको ८३ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । आयकर पनि गत आर्थिक वर्षभन्दा बढी नै सङ्कलन भए पनि आफ्नो लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकिएको उनको भनाइ थियो ।

यस्तै अन्तःशुल्कतर्फ ७५ करोड राजस्व सङ्कलन भएको छ । अन्तःशुल्क पनि चालू आर्थिक वर्षमा लक्ष्यको ५९ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । अधिकांश मदिरा उद्योग बन्द भई सञ्चालन हुुन नसक्दा अन्तःशुुल्क सङ्कलनमा तोकिएअनुुसारको राजस्व लक्ष्य भेट्टाउन नसकेको कुरा प्रमुुख क्षेत्रीको छ ।क्षेत्रीका अनुसार चालू आर्थिक वर्षमा प्राइभेट कम्पनीहरूले बुझाउनुपर्ने आयकर राजस्व निकै नै घटेको छ । घरजग्गा किनबेचबाट हुने मुनाफा र सेयर कारोबारबाट आउने करमा समेत चालू आवमा व्यापक राजस्व घटेको छ ।

कोभिड १९ को असरका कारण ब्याज आम्दानीबाट आउने राजस्वमा पनि ब्यापक कर घटेको छ । त्यस्तै बिक्रीवितरणबाट आउने कर पनि घटेको छ । ठेक्का तथा परामर्शबाट आउने करदेखि अन्य औद्योगिक उत्पादनबाट आउने करमा समेत राजस्व सङ्कलन कम भएको छ । तर पनि कर सङ्कलनको समग्र स्थितिलाई हेर्दा खेरी राजस्व सङ्कलन निराशाजनक नभै सन्तोषजनक नै भएको कुरा प्रमुख क्षेत्रीको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया