Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेश८१ जना प्रदेश कमिटी सदस्यलाई कारबाही

८१ जना प्रदेश कमिटी सदस्यलाई कारबाही


विराटनगर । शुक्रबार बसेको नेकपा एमालेको प्रदेश १ कमिटीको बैठकले ८१ जना प्रदेश कमिटी सदस्यलाई कारबाही गरेको छ । सो कमिटीको बैठकले उनीहरुलाई पार्टीबाट हटाउने निर्णय गरेको हो ।

प्रदेश कमिटीको जिम्मेवारीमा रहेर ५ पटकसम्म बैठकमा अनुपस्थित भएकाहरुलाई कारबाही गरिएको एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठकले बताए । बैठकमा उपस्थित नभएका र प्रदेश कमिटीको कुनै पनि गतिविधिमा संलग्न नभएका ८१ जनालाई जिम्मेवारीबाट हटाइएको उनले जनाकारी गराए ।

बैठकले दुर्गा प्रसाईंलाई पार्टीको केन्द्रीय सदस्यबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ । पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गर्न प्रदेशले माथिल्लो कमिटीलाई सिफारिस गरेको हो ।

प्रसाईंले केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाईसंगै राखेर कार्यक्रम गरेपछि उनलाई पार्टीबाट हटाउनुपर्ने माग उठ्दै आएको थियो । प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका थिए ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश

तपाईको प्रतिक्रिया