फल्टहरू के हुन् र तिनले कसरी भूकम्पलाई प्रभाव पार्छन्?
काठमाडौं,टर्कीमा अन्य देशहरूमाभन्दा धेरै भूकम्प आउँछ। उक्त देशको जमिनमुनि थुप्रै महत्त्वपूर्ण फल्ट लाइन वा जमिनमुनिका चिरा रहेकाले त्यहाँ धेरै भूकम्प आउने हामी बारम्बार सुन्छौँ।
तर फल्ट के हो र भूकम्पसँग यसको के सम्बन्ध छ? बीबीसीले एकजना भूकम्पविद्सँग यसबारे कुरा गरेको छ।”जति द्रुत गतिमा औँलाका नङ पलाउँछन् – प्लेटहरू त्यति छिटो सर्छन्।”
डा. जेसिका हथोर्नले १६ वा त्यस्तै टेक्टोनिक प्लेट भनिने चट्टानहरूको तहबारे चर्चा गरेकी छन्।
ती एकसाथ मिलेर पृथ्वीको बाहिरी तह बन्छन्।
यूनिभर्सिटी अफ अक्सफर्डको डिपार्टमेन्ट अफ अर्थ साइन्सेसकी यी सहायक प्राध्यापकले भूकम्पहरूले कसरी उत्पन्न हुन्छन् भन्ने अध्ययन गर्दै तिनको फल्टसँगको सम्बन्धबारे व्याख्या गरेकी छन्।
“फल्ट त्यस्तो ठाउँ हो जहाँ दुई प्लेट एक अर्कामा नजिक भएर सर्छन्, जहाँ एकातर्फ एउटा ठोस भाग र अर्को ठोस भाग अर्कोतर्फ हुन्छन् र उनीहरू एक अर्कासँग नजिक भएर सर्छन्,” ती भूकम्पविद्ले भनिन्।
ती एकअर्काबीच निकै सुस्त गतिमा चल्छन् (प्राय: हरेक वर्ष केही सेन्टिमिटरका दरले मात्र), जसमा आउने अचानक हलचल वा फेरबदलले निकै ठूलो ऊर्जा उत्पन्न गराउँछ र ती चट्टानमा चिरा उत्पन्न भई भूकम्प आउँछ।
डा. हथोर्नका अनुसार यो तुलनात्मक रूपमा सतहको नजिक हुन्छ किनकि पृथ्वीको केन्द्र भाग लेदोयुक्त र तरल स्वरूपमा हुन्छ।
“भूकम्प आउनका लागि त्यस्तो कमजोर ठाउँ चाहिन्छ जुन छिट्टै टुट्नका लागि नाजुक अवस्थामा रहेको हुनुपर्छ,” डा हथोर्न भन्छिन्।
भूकम्पहरू प्राय: टेक्टोनिक प्लेटका सीमामा हुन्छन्। तर महादेशका बीचमा समेत त्यस्तो भएका दुर्लभ उदाहरण छन्।
वास्तवमा ८० प्रतिशतभन्दा धेरै मुख्य उदाहरणहरू प्रशान्त महासागरका छेउमा ‘रिङ्ग अफ फायर’ भनिने क्षेत्रमा भएका छन्।
जहाँ प्यासिफिक प्लेट आसपासका प्लेटहरूभन्दा तल झरेको छ।
फल्टका प्रकार
भूकम्पहरूले नयाँ फल्टहरू सिर्जना गर्ने भए तापनि धेरैजसो घटनाका हकमा त्यहाँ पहिले नै फल्टहरू हुने डा हथोर्न बताउँछिन्।
पहिले नै रहेका फल्टमा चुक हुँदा त्यसलाई तीनवटा आधारभूत तहका रूपमा वर्गीकरण गरिन्छ: साधारण फल्ट, रिभर्स फल्ट र स्ट्राइक-स्लिप फल्ट।
स्ट्राइक स्लिप फल्ट
यस्तो खाले फल्टमा दुई भाग तेर्सो गरी एक अर्कातर्फ सर्छन्।
स्ट्राइक-स्लिप फल्टहरू प्राय: ठाडो हुन्छन् र तलतर्फ काटिन्छन्। कहिलेकाहीँ त्यो १५ देखि २० किलोमिटरसम्मको गहिराइमा सर्छन्।
एउटा उदाहरण इस्ट एनाटोलियन फल्ट हो। ७०० किलोमिटर लामो उक्त फल्ट टर्कीमा एनाटोलियन र अरेबियन फल्टको सीमाबीचमा पर्छ।
सन् २०२३ फेब्रुअरी पहिलो साता गएको ७.५ र ७.८ म्याग्निट्यूडको भूकम्प झण्डै एक शताब्दीमा गएको शक्तिशालीमध्येको भूकम्प हो। जुन त्यस क्षेत्रमा त्यस क्षेत्रमा तेर्सो स्लिप फल्ट भएर गएको थियो।
पृथ्वीको सतहभन्दा मात्र केही किलोमिटर गहिराइमा उत्पन्न भएका ती विनाशकारी भूकम्प र परकम्पबाट अहिलेसम्म ४१ हजार भन्दा धेरै मानिसको मृत्यु भएको विवरण छ।
यस प्रकारको अर्को उदाहरण अमेरिकाको क्यालिफोर्नियामा रहेको सान आन्ड्रेस फल्ट प्रणाली हो। जुन कैयौँ फल्टहरू मिलेर बनेको छ जसले पश्चिममा प्यासिफिक प्लेटदेखि पूर्वमा उत्तर अमेरिकी प्लेटसम्म समेट्छ।
बाँकी महादेशको तुलनामा पश्चिमी क्यालिफोर्निया अलास्कासम्म फैलिएको डा. हथोर्न बताउँछिन्। यी प्लेटहरू एक अर्काबीच सर्ने हुँदा त्यहाँ भूकम्पहरू जाने गरेका छन्।
उक्त फल्ट प्रणाली दबिएको र टुक्रिएको पत्थरको एउटा जटिल क्षेत्र हो जुन १,२०० किलोमिटर लम्बाई र कम्तीमा २५ किलोमिटर गहिराइमा फैलिएको छ।
सन् १९०६ को १८ एप्रिलमा गएको क्यालिफोर्निया भूकम्पले सान एन्ड्रिअस फल्टको सुदूरउत्तरमा ४७७ किलोमिटर क्षेत्र चिरा पारेको थियो।
यूएस जिओलोजिकल सर्भेका अनुसार सान फ्रान्सिस्कोमा ठूलो विनाश गरेको उक्त भूकम्पलाई “हालसम्मकै सबैभन्दा उल्लेख्यमध्येको भूकम्प”का रूपमा हेरिन्छ।
साधारण फल्ट
सामान्य फल्ट भनेका त्यस्ता चिरा हुन् जहाँ ढिक्का ढिक्का भाग अगाडि सर्छन् र एउटा भाग ठाडो झर्छ।
अफार डिप्रेसन, पूर्वी अफ्रिकी दरार
इथियोपियाको अफार क्षेत्रमा पृथ्वीका माथिल्लो तहका तीनवटा भिन्न भागहरू भेट्छन् जसलाई अफार ट्रिपल जङशन भनिन्छ।
सोमालियन प्लेट बाँकी महादेशबाट पर सरिरहेको छ जसले एउटा दरारयुक्त उपत्यका र ठाडो गहिरा चिराहरू बनाइरहेको छ।
यसैबीच अफ्रिकन र सोमालियन प्लेटहरू उत्तरको अरेबियन प्लेटबाट छुट्टँदै ‘Y’ आकारको दरार प्रणाली बनाएका छन्।
त्यस गतिविधिले चट्टानमा शक्ति सिर्जना गर्छ र त्यसले चिरा, फल्ट, ज्वालामुखी र जमिनमा अन्य असरहरू देखाउँछ।
सन् २००५ मा त्यस क्षेत्र शृङ्खलावद्ध दरारहरू देखा पर्दै भूकम्प र खरानीका बादलहरू बनेका थिए। र एउटा आठ मिटर फराकिलो र ६० किलोमिटर लामो चट्टानी दरार देखिएको थियो।
मध्य एटलान्टिक पर्वत
उत्तर अमेरिकी र यूरेशियन टेक्टोनिक प्लेटहरू एकअर्काबाट विस्तारै पर सरिरहेका छन्। र छुट्टिरहेका प्लेट सीमामा मध्य एटलान्टिक पर्वत शृङ्खलाका रूपमा एउटा फल्ट लाइन सिर्जना भएको छ।
उक्त पर्वत शृङ्खला उत्तरी र दक्षिणी आन्ध्र महासागरको बीचमा हजारौँ किलोमिटर फैलिएको छ।
ती प्लेटहरू एकअर्काबाट पर सरिरहँदा पृथ्वीको सतहमुनि रहेको तरल म्याग्मा माथि सर्दै सीमामा नयाँ चट्टान बन्छ र त्यसलाई नयाँ पदार्थहरूले पर्वत शृङ्खलाबाट अन्यत्र धकेल्छन्।
त्यसले प्राय:जसो पानीमुनिको पर्वतीय शृङ्खला बनाउँछ जुन सहतमा कतै टापुहरूका रूपमा रहन्छन्।
त्यसका उदहारण आइसल्याण्ड, एजोर्स अथवा एसेन्सन टापु हुन्।
त्यसले सतहमा चिराहरू भूकम्पहरू र ठूलो मात्रामा भूकम्पीय गतिविधि सिर्जना गर्छ।
रिभर्स फल्ट
जब भागहरू एकसाथ आएर एउटा भाग माथितिर सर्छ तब रिभर्स वा थ्रस्ट फल्टहरू बन्छन्।
ती एकीकृत सीमासँग सम्बन्धित छन् र ती प्राय: ठूला फल्टहरू हुन्।
डा. हथोर्नका अनुसार “ती पृथ्वीमा कुनै कोणबाट टुक्रिन्छन् जसले व्यापक क्षेत्र सिर्जना गर्दै नाजुक असरहरू उत्पन्न गराउन सक्छन्।”
जापान ट्रेन्च
जापान ट्रेन्च फल्ट क्षेत्र जापानी टापुहरूको पूर्वी भागमा उत्तरदेखि दक्षिणतर्फ फैलिएको पानीमुनिको निकै तल्लो भाग हो जसले यूरेशियन प्लेटलाई प्यासिफिक प्लेटसँग छुट्याउँछ।
सन् २०११ को मार्च महिनामा गएको ९.१ म्याग्निट्यूडको विनाशकारी टोहोकु-ओकी भूकम्पले जापानी तटहरू हल्लाएको थियो। त्यस भूकम्पले उक्त फल्टमा ५० मिटरको परिवर्तन ल्याएको थियो।
जापान ट्रेन्चको एउटा भागको उक्त दरारले निकै ठूलो जनधनको क्षति गरेको थियो। जसक्रममा आएको सुनामीले तटीय क्षेत्रमा असर गर्दा फुकुशिमा परमाणु प्लान्टमा भएको चुहावटले अर्को विपद् निम्त्याएको थियो।
पेरु-चिले ट्रेन्च
अटाकामा फल्ट प्रणालीको रूपमासमेत परिचित यो फल्ट पूर्वी प्रशान्त महासागरमा पर्छ।
जुन पेरु र चिलेका तटभन्दा झण्डै १६० किलोमिटर पर नाज्का र दक्षिण अमेरिकी टेक्टोनिक प्लेटबीचमा पर्छ।
नाज्का प्लेटको समुद्री क्रस्ट दक्षिण अमेरिकी महादेशको सतहमुनि चलायमान हुँदा त्यहाँ ठूला भूकम्पीय गतिविधिहरू हुन्छन्।
सन् १९६० को २२ मेमा दक्षिण चिलेको भाल्दिभिआ सहरमा गएको ९.५ म्याग्निट्यूडको भूकम्प अहिलेसम्म मापन गरिएकै सबैभन्दा ठूलो भूकम्पका रूपमा हेरिन्छ।
वैज्ञानिकहरूका अनुसारमा त्यसबेला उत्पन्न भएको शक्ति दोस्रो विश्वयुद्धको बेला हिरोशिमामा उत्पन्न शक्तिभन्दा २० हजार गुणा धेरै थियो।
यद्यपि तपाईँ फल्टलाइन नजिकै बस्ने भन्दैमा त्यो चिन्ताको विषय नै हो भन्ने होइन।
डा. हथोर्नले सबै फल्टहरूले भूकम्प नल्याउने बताउँछिन्।
“धेरैजसो फल्ट क्षेत्रमा कि भूकम्प हुँदैनन् वा ती निकै साना हुन्छन्,” उनी भन्छिन्।
“ती त्यहाँ विस्तारै सर्ने किसिमका हुन्छन्।”(बीबीसी)
क्याटेगोरी : प्रविधि / शिक्षा, समाचार
ताजा अपडेट
- मिडिया बचाउने गरी सुविधा दिन सरकारसँग माग, मिडियाका समस्या सम्बोधन हुन्छन् : प्रधामन्त्री
- प्रचण्ड–ओलीबिच छलफल सुरु
- सन्दीप लामिछानेको मुद्दामा बहस सकियो
- दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डर वरीयताको शीर्ष १० मा
- गिरीबन्धुको फैसला गर्ने न्यायाधीशमाथि खनिए ओली
- सन्दीपको मुद्दामा बहस लम्बियो
- शेयर बजार नौ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
- अनशनरत भण्डारीको जीवनरक्षाको माग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया