Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज पुनः १५ अर्ब चार करोडको ट्रेजरी जारी हुँदै

आज पुनः १५ अर्ब चार करोडको ट्रेजरी जारी हुँदै


काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन २१ गते अर्थात् आज आइतबार पुनः १५ अर्ब चार करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही फागुन १५ गते पनि राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

राष्ट्र बैंकका अनुसार जारी फागुन २३ गते मंगलबार तोकिएको टे«जरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया