धर्मले राष्ट्रिय एकतालाई बलियो बनाउछ : उपराष्ट्रपति
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबै धर्मले शान्ति, सामाजिक सहिष्णुता एवं भातृत्वअभिवृद्धिमा सहयोग पुग्ने बताएका छन् । जैन धर्मका प्रणेता भगवान महावीरको २६२२औँ जन्मोत्सवको अवसरमा नेपाल जैन परिषद्ले आज यहाँ आयोजना गरेको समारोहमा उनले धर्मको माध्यमबाट समाज र राष्ट्रलाई भावनात्मक एकता बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उपराष्ट्रपति साहले भए, “धर्मको विभिन्न प्रकार भए पनि सबै धर्मको लक्ष्य एउटै हुन्छ । धर्मको परिभाषा र प्रभाव सार्वजनिक हितको भावनाबाट ओतप्रोत हुने भएकाले जनकल्याणलाई केन्द्रमा राखेको हुन्छ ।”अहिंसा, अपरिग्रह र अनेकान्तबादका प्रणेता भगवान महावीरले प्रतिपादित गरेका सिद्धान्त र विचार वर्तमानमा अझ बढी प्रासङ्गीक एवं समयसान्दिर्भिक भएको उनले उल्लेख गरे ।
उपराष्ट्रपति साहले नेपाल आफैमा ऋषिमुनिहरुले तपस्या गरेको र भगवान ऋषवदेव, नविनाथ, मल्लिनाथ, पाश्र्वनाथ, महावीर एवं आचार्य स्थूलिभद्र स्वामी जस्ता महापुरुषको प्रभाव क्षेत्र रहेको हुनाले हामी नेपालीहरु आफूलाई गौरवान्वित ठान्ने बताए। उनले दुराग्रह, अनेकान्तवाद, आग्रहीनताले पारिवारिक, सामाजिक र विश्वशान्तिका लागि वर्तमानमा आम जनमानस साकाहारी संयमी एवं मितव्यही हुन आवश्यक रहेको खाँचो औँल्याए ।
नेपालमा जैनर्धालम्बीहरु सबै ठाउँमा विभिन्न समुदायकाबिचमा मिलेर बसोबास गरिरहेका र उनीहरु जहाँ रहेपनि भगवान महावीरका सिद्धान्त अनुशरण गर्दै धार्मिक, सांस्कृतिक र समाजसेवाका माध्यमबाट सकारात्मक छाप छोड्न सफल भएको उपराष्ट्रपति साहको भनाइ छ । धर्मले संसारको नीति नियमलाई व्यवहारिक बनाउन प्रेरित गरेको बताउँदै उनले अहिंसा, शान्ति, एकान्तवाद, नैतिकताको प्रचारप्रसार जैनधर्मको महत्वपूर्ण पक्षलाई जनजनमा पु-याउन परिषद्ले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा समर्णनिर्देशिका डा. निर्माण प्रज्ञाले भवगान महावीर एक व्यक्ति मात्र नभइ चेतना, सन्देश हो भन्दै विश्व शान्ति तथा मानव र जीजन्तुको कल्याणका निम्ति उहाँको सिद्धान्तलाई आत्मसाथ गरेर अघि बढ्नुपर्नेमा जोड दिए । जैनधर्म परिषद्का अध्यक्ष महेन्द्रकुमार जैनले जैन धर्मको आफ्नो मौलिक तत्वज्ञान, अद्भूत दृष्टि अर्थात समग्रमा एउटा जीवन्त धर्म भएकाले आजको सन्दर्भमा पनि जैन धर्मको महत्व सान्दर्भिक बनिरहेको उल्लेख गरे । सो अवसरमा ‘जिन संसार’ नामक स्मारिका विमोचन गरिएको थियो ।
यसअघि जन्मोत्सवको अवसरमा बिहान प्रभातफेरि आयोजना गरिएको थियो । चैत २१ गते भगवान महावीरको जन्मोत्सव नेपालसहित विश्वका विभिन्न मुलुकमा जैन–अजैन समुदायले हर्षोउल्लासका साथ मनाउदै आएका छन् ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत (पूर्ण पाठ)
- विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने
- कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
- पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने
- गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
- स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब र सःशर्त अनुदान दुई खर्ब २७ अर्ब
- अर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइनेछ : अर्थमन्त्री डा. महत
- प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया