Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउपनिर्वाचनको प्रचारका लागि हेलिकप्टर प्रयोग गर्न नपाइने

उपनिर्वाचनको प्रचारका लागि हेलिकप्टर प्रयोग गर्न नपाइने


काठमाडौँ । उपनिर्वाचनको प्रचार प्रसारका लागि हेलिकप्टर प्रयोग नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ । साथै निर्वाचनको प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई पनि सचेत गराएको छ ।

बारा, चितवन र तनहु जिल्लामा यही वैशाख १० गते हुन लागेको निर्वाचन प्रयोजनको लागि निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा हेलिकप्टर प्रयोग गर्न नपाइने आयोगले विज्ञप्ति मार्फत जनाएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ को खण्ड (६) मा राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने व्यवस्था रहेको छ । तर उपनिर्वाचन हुने क्षेत्रमा यातायातको पहुँच भएकोले हेलिकप्टर प्रयोग नगर्न आयोगले भनेको छ ।

आयोगकाले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आयोगको सहमति बिना निर्वाचन प्रचारप्रसारको कार्यमा हेलिकप्टर सेवा उपलब्ध नगराउन पनि जानकारी गराएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया