Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचार‘आगामी बजेट कृषि र उत्पादन तथा रोजगार केन्द्रित’

‘आगामी बजेट कृषि र उत्पादन तथा रोजगार केन्द्रित’


दोलखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी बजेट कृषि, उत्पादन र रोजगार केन्द्रित हुने बताएका छन् । मंगलबार दोलखाको जिरीस्थित ङाग्युर येशे ख्युङजोङलिङ गुम्बाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेट, निति तथा कार्यक्रम उत्पादन तथा रोजगार केन्द्रित बनाई ल्याउने बताएका हुन् ।

खस्किँदो अवस्थामा रहेको देशको अर्थतन्त्र बिस्तारै सुधारोन्मुख हुँदै गएको पनि प्रधानमन्त्री दाहालले बताए । अर्थतन्त्रलाई लयमा ल्याउन बैंकको ब्याजदर घटाउनेबारेमा छलफल भइरहेको उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले अहिलेको अवस्थामा सरकार आर्थिक दबावमा रहे पनि बिस्तारै यो समस्याबाट मुक्त हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा दोलखा एक पर्यटकीय तथा धार्मिक महत्वले भरिपूर्ण भएकाले यसलाई पर्यटकीय जिल्लाको रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो । प्रधानमन्त्री दाहालले जिरीभित्र रहेका ग्रामीण सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाए । जिरी नगरपालिका–२ एलुङमा रहेको ङाग्युर येशे ख्युङजोङलिङ गुम्बा २०७२ सालमा गएको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति भएको थियो । भूकम्प गएको आठ वर्षपछि उक्त गुम्बाको पुननिर्माण सम्पन्न भएको हो ।

गुम्बा व्यवस्थापन समितिका अध्यक्ष नाम्छेन शेर्पाले भारत स्थायी घर भएका लामा गुरु स्यारपुर धम्च्यो ग्याच्छो रिन्पुछेको साँढे तीन करोड रुपैयाँ सहयोगमा गुम्बा निर्माण गरेको जानकारी दिए ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया